उदयपुर, जेठ ११ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ को बेलसोतमा बस्ने ६५ बर्षकी सन्तमाया बिश्वकर्माको सर्पको टोकाईबाट मृत्यु भएको छ ।
शुक्रबार साँझ ७ बजेको समयमा घरको आँगनमा बिकलाई सर्पले टोकेर उनको मृत्यु भएको हो ।
कटारीस्थित बेलस्रोत आर्मी क्याम्पको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको हो ।