
काठमाडौं, जेठ ११ । गृहमन्त्री रामबहादुर थापा (बादल) तातोपानी नाकाको निरिक्षणका लागि सिन्धुपाल्चोक पुग्नुभएको छ । अर्को साताबाट नाका सन्चालनमा आउने भएपछि ताताेपानी नाकाको सुरक्षा साथै कार्य प्रगतिको बारेका जनकारी लिन पुग्नुभएकाे गृहमन्त्रालय स्रोतले जनाएको छ ।
मृहमन्त्री बादलसँगै नेकपाका सांसद अग्निप्रसाद सापकोटा र सुरक्षा निकायका उच्च पदाधिकारीहरु पनि नाका निरिक्षका लागि पुगेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादवी चेम्जोङले बताउनुभयो ।

गृहमन्त्री निरिक्षण कार्यक्रममा आउने भएपछि जिल्लाको सुरुक्षा तथा नाको सुरक्षाका लागि जिल्लाका सबै सुरक्षा संयन्त्रलाई परिचालन गरिएको पनि प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताउनुभयाे ।
गृहमन्त्री थापाले तातोपानी नाकामै सुरक्षा अधिकारीहरुलाई भेला गराएर आगमामी सुरक्षाका चुनौती र वर्तमान सुरक्षाका समस्याहरुको बारेमा जानकारी लिने र सोही अनुसार निर्देशन दिनुहुनेछ । चीनसँग जोडिएको यो नाका २०७२ बैशाखमा आएको बिनासकारी भुकम्पका कारण बिगत चारबर्ष अघिबाट बन्द भएको थियो ।