• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

सडक व्यवस्थित हुँदा सहरको सुन्दरता झल्किछ,सबै जिम्मेवार बनौँ: आईजीपी खनाल

पावर संदेश
   १३ असार २०७६, शुक्रबार १४:४४  मा प्रकाशित
  • 717 पटक पढिएको







  • काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी)सर्वेन्द्र खनालले आम नागरिकको साथ सहयोगबिना सडक सभ्यतामा अभिवृद्धि साथै दुर्घटना न्युनिकरण सम्भव नरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समुदाय – प्रहरी साझेदारी कार्यक्रममा आइजीपी खनालले ट्राफिक प्रहरीले चाहेर मात्र सडक सभ्यतामा अभिवृद्धि ल्याउन नसकिने बताएका हुन् ।
    उनले भने, ‘ट्राफिक प्रहरीको हातको इसाराको भरमा हाम्रो सडक जाम कम गर्ने निकै जटिल्छ । त्यसमा पनि आम नागरिकले सहयोग रहेन भने हामी हाम्रो सडक सभ्यताको अभिवृद्धि गर्न सक्दैनौँ ।’ सबै ठाउँमा ट्राफिक लाईट नहुँदा यात्रुसँग सँगै ट्राफिक प्रहरीलाई पनि असहजता हुने भन्दै छिट्टै सबै ठाउँमा ट्राफिक लाईटको व्यवस्था गरिने उनले बताए ।

    ‘सबै ठाउँमा ट्राफिक लाईट छैन । ट्राफिक प्रहरीले हातको इसाराबाट काम गरिराख्नु परेको छ । तर त्यसले यात्रु र ट्राफिक प्रहरीबीच तालमेल नमिलेको पाइन्छ । त्यहाँ दुई जना ट्राफिक प्रहरी हुन्छ,’ आईजीपी खनालले भने, ‘हात हल्लाउँदा पनि जाउ भनेको हो जस्तो हुन्छ । अर्कोले किन आएको भन्दै कारबाही गर्छ । यस्तो समस्याको समधानका लागि भौतिक पूर्वधार तथा यातायातमन्त्री ज्युसँग पनि कुराकानी भएको छ । अब छिट्टै सबै ठाउँमा ट्राफिक लाईटको व्यवस्था गरिनेछ ।’

    घरबाट ढिलो निस्किने र गन्तव्यमा छिटो पुग्न खोज्नुले पनि सडक सभ्यता अभिवृद्धि हुन नसकेको उनको भनाइ थियो । ‘हामी घरबाट निस्किँदा ढिलो निस्किने गर्छौँ । तर अफिस वा कुनै ठाउँमा पुग्न हामीलाई हतार भएको हुन्छ । सबैलाई मेरो अनुरोध छ । सडक सभ्यता अभिवृद्धि गर्नका लागि १५ मिनेट बाटोमा आइपर्ने समस्याका लागि छुट्याएर निस्किने गरौँ,’ आइजीपी खनालले भने ।

    अधिकांश देशमा ट्राफिक जामको समस्या रहेको भन्दै त्यसको समधानको लागि सबै व्यक्ति जिम्मेवार हुन पर्ने आईजीपी खनालको बुझाइ छ । ‘विश्वको विभिन्न सहरमा व्यवस्थित ट्राफिक व्यवस्थापन हुन्छ । जापान, सिंगापुर वा मलेशियाका सिटी हुन् । त्यहाँ पनि ट्राफिक जाम हुन्छ,’ उनले भने,‘तर त्यहाँ व्यवस्थित ट्राफिक व्यवस्थापन छ । तर हाम्रो त्यस्तो छैन । कुन पनि सहरको सुन्दरता ट्राफिक व्यवस्थापनले झल्काउन्छ ।’

    सभ्य नागरिकले मात्र सभ्य समाज र राष्ट्रको निमार्ण गर्ने उनको तर्क छ । साथै उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी सबै क्षेत्रका व्यक्तिको साथ सहयोग अपरिहार्य रहेको बताए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
  • एक दशक संरक्षणका पाईला र अनुभव
  • महानायक हमाल नवलपुरको नारायणी किनार सफाईमा जुट्दै



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑