१६–असार, एजेन्सी
इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा भारतले पहिलो हारको सामाना गरेको छ । ६ खेलसम्म अपराजित गरेको भारत आइतबार बर्मिङघमले भएको खेलमा आयोजक इंग्लायन्डसँग ३१ रनले पराजित भयो ।
हारपछि पनि भारतको सेमिफाइलन निश्चित जस्तै छ । उ ११ अंका साथ दोस्रो स्थानमा छ । अब उसले श्रीलंका र बंंगलादेशसँग खेल्न बाँकी छ । अंक तालिकामा १४ अंक जोडेको डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया शीर्ष स्थानमा छ । ११ अंक नै जोडेको न्युजिल्यान्ड तेस्रो १० अंक जोडेको इंग्ल्यान्ड चौथो, ९ अंकका साथ पाकिस्तान पाचौं, ७ अंककका साथ बंगलादेश छैठौं, ६ अंकका साथ श्रीलंका सातौं, ५ अंक जोडेको दक्षिण अफ्रिका आठौं, ३ अंक जोडेको वेस्टइन्डिज नवौं र अंकविहीन अफगानिस्तान दशौं स्थानमा छ ।
भारतविरुद्ध प्राप्त जितसँगै आयोजक इंग्ल्यान्डको सेमिफाइलन बलियो भएको छ । र, अन्तिम खेलमा उसले न्युजिल्यान्डलाई हराउँदा उ तेस्रो बन्दै इंग्ल्यान्ड अन्तिम चारमा प्रवेश गर्ने छ । यस्तो अवस्थामा सेमिफाइलन पुग्ने चौथो टिम न्युजिल्यान्ड वा पाकिस्तान मध्ये एक हुने छ । तर, पाकिस्तानभन्दा न्युजिल्यान्डकै सम्भावना बलियो छ । रनरेटमा न्युजिलायन्ड बलियो अवस्थामा छन् । न्युजिल्यानडको ०।५७२ छ भने पाकिस्तानको –०।७९२ छ ।
न्युजिल्यान्ड इंग्ल्यान्डसँग विशाल अन्तरले पराजित हुने र पाकिस्तानले अन्तिम खेलमा बंगलादेशलाई विशाल अन्तरले नै पारजित गरेमा मात्र सेमिफाइलन पुग्ने टिम चौथो टिम पाकिस्तान बन्ने छ । यदि अन्तिम खेलमा न्युजिल्यान्ड विजयी भएमा बंगलादेशविरुद्ध जित निकाल्दा मात्रै पाकिस्तान सेमिफाइलनमा पुग्ने छ । यस्तो अवस्थामा न्युजिल्यान्ड दोस्रो वा तेस्रो हुने छ । अन्तिम खेलमा इंग्ल्यान्ड र पाकिस्तान दुवै पराजित हुने हो भने सेमिफाइलन पुग्ने चौथो टिम इंग्ल्यान्ड, श्रीलंका र बंगलादेश मध्ये एक हुने छ । त्यसका श्रीलंका र बंगलादेशले बाँकी दुवै खेलमा जित निकाल्नु पर्छ । श्रीलंकाले वेस्टइन्डिज र भारत तथा बंगलादेशले पाकिस्तान र भारतसँग खेल्न बाँकी छ ।