• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

स्थानीय तहमा कर्मचारी भर्नाको बाटो सर्वोच्चले खोलिदियो

पावर संदेश
   १७ असार २०७६, मंगलवार ११:१८  मा प्रकाशित
  • 755 पटक पढिएको







  • १७–असार, काठमाण्डौं

    सर्वोच्च अदालतले स्थानीय तहमा कर्मचारी पदपूर्ति प्रक्रिया अगाडि बढाउने कानुनी बाटो खोलिदिएको छ ।

    सर्वोच्चमा ‘लोकसेवा विज्ञापन कार्यान्वयन नगर्न’ भन्दै परेको रिट अन्तरिम आदेश दिन नमानेपछि लोकसेवालाई विज्ञापनअनुसार नियमित काम कारबाही गर्न बाटो खुलेको हो । समावेशी नभएको भन्दै विज्ञापन प्रक्रिया रोक्न माग गरि दुई रिटमा परेको थियो । मौजुदा कानुनी व्यवस्था र समावेशिताको प्रक्रिया निर्धारण गरेको देखिएको भन्दै अदालतले विज्ञापनको प्रक्रिया रोक्न अस्वीकार गरेको हो । सोमबार सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा। आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् ।

    कर्मचारी समायोजन ऐनको प्रचलित व्यवस्थाअनुसार आयोगले स्थानीय तहबाट पदपूर्तिका लागि अनुरोध भएबमोजिम विज्ञापन गर्नु कानुनसम्मत रहेको संयुक्त इजलासको ठहर छ । संयुक्त इजलासको आदेशमा भनिएको छ, “हाल प्रदेश लोक सेवा आयोग गठन भइनसकेको तथ्य निर्विवाद रहेको साथै निजमती सेवा ऐन २०४९ को दफा ७ ९७०मा वर्णित समूहका आधारमा लोक सेवा आयोग कार्यसञ्चालन निर्देशिका २०६७ को दफा ८ ९३० सँग सम्बन्धित अनुसूची २ मा उल्लिखित सिद्धान्तका आधारमा प्रतिशत निर्धारण गरी विज्ञापन गरेको देखियो । विज्ञापन बमोजिम चार लाखभन्दा बढीको सङ्ख्यामा दरखास्त परेको र सोमध्ये समावेशी समूहका तर्फबाट एक लाख ५० हजारभन्दा बढी व्यक्तिले दरखास्त गरेको देखिएकाले व्यक्तिहरूको प्रतिस्पर्धा गर्न पाउने हक कुण्ठित हुने गरी सार्वजनिक सरोकारको रिट निवेदनको माध्यमबाट अन्तरिम आदेश जारी गर्नु उचित र आवश्यक नदेखिँदा हाल निवेदकको मागबमोजिम विज्ञापनलाई यथास्थितिमा राखी विज्ञापन बमोजिमका कार्य रोक्नु उचित र आवश्यक नदेखिँदा अन्तरिम आदेश जारी गरिरहन परेन । ”

    विज्ञापन समानुपातिक समावेशी सिद्धान्त प्रतिकुल भएको भन्दै त्यसविरुद्ध अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र स्थानीय तहमा कार्यरत करारका १ सय २१ जना कर्मचारीले रिट दायर गरेका थिए । लोकसेवाको विज्ञापन रद्द गर्न दिएको राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयविरुद्ध अधिवक्ता राजाराम घिमिरेले रिट दायर गरेका थिए । लोकसेवा आयोगले गत १५ जेठमा देशभरका ५ सय १५ स्थानीय तहका लागि नौ हजार १६१ जन कर्मचारी मागेको थियो । सो विज्ञापन संविधान, समावेशी–समानूपातिक सिद्धान्त र संघीयता खिलाफमा रहेको भन्दै गत २७ जेठमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले रद्द गर्ने निर्देशन दियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑