१७– असार,
गोपी ज्ञवाली, परासी।
सुनवल स्वाश्थ्य चौकीको स्तर उन्नती गरी १५ शैयाको अस्पताल बनाउने क्रममा अस्पताललाई सुनवल वार्ड नम्बर ८ बाट अन्यत्र लैजाने भए पछि अस्पताल यथा स्थानमा नै बन्नु पर्ने माँग राख्दै सुनवल वार्ड नम्बर ८ का दुई जनाले सुनवल नगरपालिकालाई विपक्ष बनाएर उच्च अदालतमा मुददा दर्ता गरेका छन् ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले देशभरीका स्वास्थ्य चौकीको स्तर उन्नती गरी १५ शैयाको अस्पतााल बनाउने निर्णय गरे अनुसार नवलपरासीको सुनवल वार्ड नम्बर ८ मा रहेको सुनवल स्वास्थ्य चौकीको पनि स्तर उन्नती भई १५ शैयाको अस्पताल बन्ने भएको अवस्थामा सुनवल नगरपालिकाको कार्यपालिकाले १५ शैयाको अस्पताल पुरानो स्वास्थ्य चौकी भएको स्थानमा नबनाई सुनवल नगरपालिका वार्ड नम्बर ३ र ५ को बीचमा रहेको स्थानमा लैजाने निर्णय गरे पछि सुनवल नगरपालिकामा अस्पताल कहां बनाउने भन्ने विषय विवादित बन्दै आएको छ ।
स्वाश्स्य चौकीको स्तर उन्नती गर्ने भनि आएको १५ शैयाको अस्पताल सुनवल नगरपालिकाको पुरानो स्थान सुनवल वार्ड नम्बर ८ मा नै बनाउने केन्द्र सरकारको नियम विपरित सुनवल नगरपालिकाको कार्यपालिका बैठकले अस्पताल सुनवल ३ र ५ को बीचमा रहेको सार्वजनिक स्थानमा लैजाने भनि गरेको निर्णयको विपरित स्तर उन्नती भई बन्ने अस्पताल यथास्थानमा नै बन्नु पर्ने माँग राख्दै सुनवल नगरपालिका वार्ड नम्बर ८ निवासी तुलाराम पोखरेल र डिलाराम खत्रीले नागरिकको तर्फदेखि सुनवल नगरपालिकालाई प्रतिपक्ष बनाएर उच्च अदालत तुल्सीपुर बुटवल ईजलासमा मुद्दा दायर गरेको अधिवक्ता लिलाधर मरासिनीले बताए।
सुनवल नगरपालिकाको अध्यक्षको ईच्छा अनुसार गत बैशाख १३ गते बसेको कार्यपालिकाका बैठकले स्वास्थ्य चौकीको स्तरउन्नती गरी १५ शैयाको आस्पतालको रुपमा विकास गर्ने भन्ने निर्णयको विपरित सुनवल कार्यापालिकाले अन्यत्र लैजाने निर्णय गरेको विरोधमा सेवाग्राहीको तर्फदेखि नागरिकद्वय तुलाराम पोखरेल र डिलबहादुर खत्रीले सुनवल नगरपालिकालाई विपक्ष बनाई यही असार ४ गतेका दिन उच्च अदालत तुल्सीपुर बुटवल ईजलासमा मुददा दायर गरेको सुनवल नगरपालिका वार्ड नम्बर ८ का स्थानीयबासी तुलाराम पोखरेलले बताए। दायर गरिएको मुददामा सुनवल नगरपालिकाका प्रमुख, नगरकार्यपालिका, सुनवल स्वास्थ्य चौकीका व्यवस्थापन समिति अध्यक्ष एवं सुनवल नगरपालिकालाई प्रतिपक्ष बनाई मुद्दा दर्ता गराईएको बताईएको छ ।
सुनवल स्वास्थ्य चौकीको स्तर उन्नती भई १५ शैयाको अस्पताल पुरानै स्थानमा बनाउने वा अन्यत्र लैजाने भन्ने विषयमा सुनवल नगरपालिकाको कार्यपालिका सदस्य सहित राजनैतिक पार्टीहरु समेत दुई भागमा विभाजित भएका कारण अस्पताल बनाउने विषय जटिल बन्दै गएको नेकपाका प्रदेश समिति सदस्य सूर्य न्यौपानेले बताए। स्तर उन्नती भई बन्ने अस्पताल पुरानै स्थानमा बन्नु पर्ने भन्दै सुनवल वार्ड नम्बर ७ र ८ का सयौ स्थानीयबासीहरुले सुनवलको नगरपालिका एवं कार्यपालिकाको बैठक स्थल पटक पटक घराउ गर्दै आएका छन् । सुनवल नगरपालिकाको वार्ड नम्बर ७ र ८ सुनवलको मुख्य बजार क्षेत्रदेखि करिब ४ किलोमिटर टाढा भिन्दै एउटा सानो जंगल पारी रहेकाले वार्ड नम्बर ७ र ८ लाई नै विकासमा प्राथमिकता दिनु पर्ने आवाज उठदै आएको छ।
समाचार http://daunnenews.com बाट