१९–असार, पोखरा ।
गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रवेश गर्नुभएको छ । गुरुङलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका नेकपा नेता पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउनु भएको हो ।
मुख्यमन्त्री गुरूङले मनाङ्गेलाई नेकपाको विधान पनि हस्तान्तरण गर्नुभयो । गुरुङ नेकपाकै समर्थनमा मनाङ ‘ख’बाट स्वतन्त्र सांसद निर्वाचित हुनुभएको थियो । स्वतन्त्र उम्मेदवारी दिएका उहाँलाई तत्कालीन एमालेले समर्थन गर्दा विजयी हुनुभएका थिए ।
ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्दाकै क्रममा पक्राउ परेपछि उहाँले सपथ लिन पाएका थिएनन्। अदालतको आदेशमा रिहा भएपछि २०७५ माघ १४ गते गुरुङले प्रदेश सभा सदस्यको सपथ लिनुभएको थियो ।
राजीवसँगै विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका किसान महासंघका कास्की संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन्। ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद दीपक मनाङ्गे थुनामुक्त भएपछि प्रदेश सांसदको रुपमा सपथ लिएका थिए।