• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

एसएलआर सहित चन्द समूहका एक पक्राउ

पावर संदेश
   १९ असार २०७६, बिहीबार १७:०६  मा प्रकाशित
  • 282 पटक पढिएको







  • १९–असार,
    संखुवासभा

    प्रहरीले चन्द समूहका एक जना कार्यकर्तालाई एसएलआर सहित पक्राउ गरेको छ । ओखलढुंगाको चिशखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    गत सोमबार संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा खोलामा पर्ने होङ्ला भन्ने स्थानमा प्रहरी र चन्द समूहका कार्यकर्ताबीच दोहोरो भिडन्तपछिलुकेर बसेकादोर्जीलाई पक्राउ गरिएको संखुवासभा प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी प्रमुख डीएसपी मिमबहादुर लामाका अनुसार दोर्जीको साथबाट एसएलआर राइफल एकथान र त्यसमा प्रयोग हुने गोली ६९ राउण्ड बरामद गरिएको छ । यस्तै, प्रहरीले एलएमजी राइफलमा लाग्ने २० राउन्ड गोली, विस्फोट गराउन प्रयोग गरिने ३४ फिट डेडकर्ड, मोबाइल फोन लगायतका सामाग्री पनि बरामद गरेको छ ।

    सोमबार सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पर्ने होङ्ला भन्ने स्थानमा प्रहरी र चन्द कार्यकर्ताबीच भिडन्त भएको थियो । भिडन्तमा भने कुनै मानवीय क्षति भएन ।

    प्रहरीका अनुसार सिलिचोङ गाउँपालिका–१का स्थानीय मानिसहरूसँग चन्द समूहले आधुनिक हातहतियार देखाएर आंतकित पारी मोटो रकम माग्ने गरेका थिए । त्यही सूचनाका आधारमा होयङ्लामा पुगेका प्रहरी गस्ती टोलीलाई उक्त समूहका कार्यकर्ताहरूले गोली फायर गरेको र प्रहरी आफ्नो आत्मरक्षाको लागि जवाफी फायर खोलेको प्रहरीले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।चन्दसमूहका कार्यकर्ताहरू भागेर जंगलतर्फ गएको सूचनाका आधारमा प्रहरीले उक्त स्थानमा खोजतलास गर्ने क्रममा दोर्जीलाई नियन्त्रणमा लिएको थियो ।

    भिडन्तपछि प्रहरी र सशस्त्र प्रहरीले सर्च अभियानलाई अझै तीव्र पारेका छन् । घना जंगल भएका कारण उनीहरूको खोजीमा कठिनाइ भएको प्रहरीले जनाएको छ । यो स्थान सोलुखुम्बु, भोजपुर, खोटाङ र संखुवासभाको संगमस्थल क्षेत्र नजिकै पर्छ । मकालुवरुण राष्ट्रिय निकुञ्जतर्फ बाक्लो लेकाली जंगल छ ।

    घटनास्थल पुग्न सदरमुकाम खाँदबारीबाट कम्तीमा १० घण्टा बढी पैदल हिँड्नुपर्छ । सिलिचोङ गाउँपालिकाको केन्द्रबाट पनि घटनास्थल पुग्न ५ घण्टा बढी लाग्छ ।सडक यातायात नभएकाले सुरक्षाकर्मी हिँडेरै जानुपर्छ । उनीहरू हतियार सहित करिब २५ जना भन्दा बढीको समूहमा रहेको स्थानीयले जनाएका छन् । बुधबारे बजार हुँदै चन्दका कार्यकर्ताहरू होङ्ला पुगेका थिए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑