बेलुकाको सात बजेको थियो । फेसबुकमा एउटा नोटिफिकेशन आयो । के रहेछ भनेर ओपन गरेर हेरिहालेँ । त्यो त फेसबुक पेजमा आएको सन्देश रहेछ । हाम्रो ९न्युज २४० को फेसबुक पेजमा यस्ता सन्देशहरू, गुनासाहरू धेरै नै आइरहेका हुन्छन् । उक्त सन्देशमा लेखिएको थियो– ‘प्लिज हेल्प मी १’ ज्योति क्षेत्री (नाम परिवर्तन) ले पठाएकी रहेछिन् उक्त सन्देश । मैले आफ्नै फेसबुकबाट रिप्लाई गरेँ– ‘हाम्रो फेसबुक पेजमा सन्देश पठाउनुभएको रहेछ, कस्तो सहयोग होला, हामीले के गर्नु प¥यो ।’ उनले समस्या सुनाइन्– ‘मेरो फेसबुकको पासवर्ड एउटा केटाले ह्याक गरेर दुनियाँभरका केटाहरूलाई मेरो पर्सनल फोन नम्बर र फोटा पठाइदिने गरिरहेको छ । मेरो फेसबुक दुरुपयोग गरिरहेको छ उसले । त्यही भएर तपाईंहरूलाई सेन्देश पठाएकी हुँ, केही सहयोग गर्न सक्नु हुन्छ कि भनेर ।’
उनले ‘मेरो नम्बर दुनियाँ केटाहरूलाई बाँड्दो रहेछ’ भनेपछि अलि शंका लागेर सोधेँ ‘त्यो केटो चिनजानकै हो ?’ उनले उत्तर दिइन् ‘चिन्छु, तर समाचारचाहिँ नहालिदिनुहोला । प्लिज, कसैलाई पनि थाहा नहोस्, मेरो घरपरिवारले थाहा पायो भने मलाई मार्नुहुन्छ ।’
उनलाई मैले विश्वास दिलाएँ– ‘तपाईँ ढुक्क भएर भन्दा हुन्छ, म अरूलाई भन्दिनँ, । कसरी यस्तो भयो ? त्यो केटा को हो ? र, तपाईँ के गर्न चाहनुहुन्छ अब ? सकेको सहयोग गरौँला ।’
उनले कसैलाई पनि नभन्ने र आफूलाई सहयोग गर्ने सर्तमा भनिन् –‘पहिला हामी प्रेम सम्बन्धमा थियौँ, प्रेममा हुँदा फेसबुकको पासवर्ड समेत साटासाट गरेर चलाएका थियौँ । तर उसले ड्रग्स खान थाल्यो, मलाई राम्रो गर्न छाड्यो, त्यसपछि मलाई प्रेम सम्बन्धमा बस्न मनै लागेन । म बिस्तारै ऊबाट टाढा हुँदै गए । डग्क्स खाने भएपछि त मेरा बाबुआमाले पनि स्वीकार्नुहुन्न नि त्यस्तो केटालाई । ऊसँगै खिचेका मेरा दुई÷चार फोटो र टिकटक बनाएको एकरदुई भिडियो छ । तर उसले चाहिँ मलाई तेरो ‘नेकेट’ फोटो छ, भिडियो छ, फेसबुकमा सार्वजनिक गरिदिन्छु भन्छ । मलाई बारम्बार धम्काउँछ । ऊसँग सम्बन्ध नराखेकै कारण उसले कि मर भन्छ, नत्र तेरो जिन्दगी बर्बाद गरिदिन्छु भन्छ । तेरो परिवारलाई बस्न दिन्न, तँ बचिन्जेल तँलाई राम्रोसँग हिड्न दिन्नँ भन्छ ।’
त्यसपछि उनले उसको ह्याक भएको आइडी र स्र्कनसट गरेर मलाई सेन्ट गरिन् । त्यो आइडी फेसबुकमा खोजी गरेँ तर भेटिनँ । उनलाई प्रहरीको सहयोग लिनु भनेर सुझाव दिएँ तर ज्योतिले अरूले थाहा पाउने डरले मानिनन् । उनले त्यो केटो शम्भु कार्की (नाम परिवर्तन)ले धम्काएका सन्देशहरू पनि सेन्ट गरिन् । त्यसपछि म अफिसबाट निस्कनुपर्ने भयो, भरै गरौँला भनेको थिएँ तर उनी अनलाइनमा आइनन् ।
भोलिपल्ट उनले फोन गरेर सम्झाइदिन आग्रह गरिन्, तर मैले उनको कुरालाई अस्वीकारेँ । बरु तपाईँ र शम्भुसँगै बसेर कुरा गर्न पाइयो भने केही हुन्थ्यो कि भनेँ, तर शम्भु अहिले पूर्वमा रहेको र उनी काठमाडौँमा भएको सुनाइन् । ‘शम्भुकोे आमालाई पनि फोन गरेर भनेको थिएँ तर ती आमाचाहिँ मसँगै रुनुहुन्छ, मेरो छोरालाई के गर्ने होला, कसो गर्ने होला भन्दै रुनुहुन्छ ।’ उनले सुनाइन् ।
मैले उनलाई त्यो फेसबुक आइडी बन्द गर्ने उपयाहरु बताएँ । तर उनले त्यो आइडीको इमेल आइडीसमेत आफ्नो नियन्त्रणमा नरहेको बताइन् । सुरुमा प्रयोग गरेको मोबाइल नम्बर पनि केटाले हटाएर अर्कै नम्बर राखेको उनको भनाइ थियो । त्यो नम्बर अहिले फेसबुकमा प्रयोग भएको छ कि छैन हेरेँ, हेर्दा त्यो नम्बर प्रयोग भइरहेको देखियो । त्यो नम्बर बाहेक अन्य दुईवटा नम्बर पनि प्रयोग भएको देखियो ।
उनले त्यो फेसबुक आइडी प्रयोग गरेको नम्बर आफन्तको नामबाट निकालेकी रैछन् । सो नम्बरको सिमकार्ड पुनः निकालेर फेसबुकको पासवर्ड परिवर्तन गर्न सकिने मैले सुझाव दिएँ ।
मैले भने अनुसारै ज्योतिले नै गर्दै गइन् । त्यो सिम लिएर फेसबुकको पासवर्ड परिवर्तन गरेपछि त्यसमा प्रयोग भएको इमेल आइडी पनि परिवर्तन गर्नुपर्ने बताएँ । किन कि फेसबुकको पासवर्ड मात्रै परिवर्तन ग¥यो भने फेरि उसले मेलको प्रयोग गरी फेसबुक ह्याक गर्न सक्थ्यो ।
उनले सो सिम निकालेर नम्बर मलाई दिएपछि मैले फेसबुकको पासवर्ड परिवर्तन गराइदिएँ । त्यहाँ भएका सबै नम्बर र जिमेल एकाउन्टहरु हटाएँ । त्यो आइडीको मेसेजमा गएर चेक गरेँ । शम्भुले त्यही आइडी प्रयोग गर्दै आएका रहेछन् । ज्योतिले भनेजस्तै उनीहरूको भिडियो र फोटा धेरैलाई पठाएका पनि रहेछन् । धरैलाई नम्बर पनि बाँडेका रहेछन् । कसैलाई थर्काएका पनि रहेछन् । अहिले ज्योतिले उक्त आइडी डिएक्टिभ गरिसकेकी छिन् । आफूलाई केही राहत मिलेको भन्दै उनले लामो सास फेरिन् ।
बढ्दै छन् यस्तै घटना
माथिको त एउटा प्रतिनिधि घटना मात्रै हो, नेपालमा यस्ता साइबर अपराधका घटनाहरू दैनन्दिन बढ्दै गएका छन् । प्रेमको बहानामा कयौँ मान्छेहरूले सास्ती भोग्नु परिरहेको छ । भन्छन्– माया प्रेम अन्धो हुन्छ । खासमा भन्नुपर्दा माया–प्रेम अन्धो होइन, मान्छेचाहिँ त्यसको नशा लागेर अन्धो वा विवेकहीन हुने हो ।
हुन त सँगै जिउने, सँगै मर्ने कसम खाएका बेला नाथे फेसबुकको पासवर्ड साट्न त कुन ठूलो कुरा हो र, मेरो सबथोक भन्नु उसै त हो भन्ने ठान्छन् र सजिलै दिइहाल्छन् । तर सम्बन्ध बिग्रन थालेपछि समस्याहरू एकाएक सतहमा आउन थाल्छन् र मानिस पनि बल्ल होशमा आउन थाल्छन् ।
सामाजिक सञ्जालको प्रयोगले विवाहित पुरुष र नारीले समेत बहुसम्बन्ध राख्न थालेका छन् । श्रीमान् र श्रीमतीबीच बाहिर त आपसमा निकै बलियो सम्बन्ध र विश्वास देखिन्छ । तर, भित्रभित्र खोक्रो भैसकेको पछि मात्रै थाहा हुन्छ । श्रीमानका अनेकौँ सम्बन्ध, श्रीमतीका पनि अनेकौँ सम्बन्ध । सामाजिक सञ्जालको गलत प्रयोगकै कारण असुरक्षित यौन सम्र्पक, गर्भपतन, बलात्कार, हत्या लगायतका घटना समाजमा दैनिक बढिरहेका छन् ।
खतरामा साइबर स्पेश
केही घटनाहरू हेर्ने हो भने नेपालको साइबर स्पेस खतरामा छ । फेसबुक, ट्विटर, भाइबर, स्काईप, ह्वाट्सएप, इन्स्टाग्राम, इमोजस्ता सामाजिक सञ्जालको गलत प्रयोगले काठमाडौँमै पनि दिनहुँ जसो ५ देखि ८ जना यस्ता सञ्जालबाट पीडित भएको देखिन्छ । यो त महानगरीय अपराध अनुसन्धान शाखाअन्तर्गतको साइबर क्राइममा उजुरी टिपाउने मात्रै हुन् । ज्योतिजस्तै घरपरिवार र समाजले थाहा पाउने डरले चुपचाप बस्ने त कति छन् कति । त्यस्ता घटनालाई सामान्य रूपमा लिँदा झनै समस्या निम्तिरहेको छ ।
अपराध महाशाखाको आँकडा हेर्ने हो भने आर्थिक वर्ष २०७१र७२ मा ३०५, विद्युतीय कारोबार ऐन बमोजिम मुद्दा चलाइएको छ । २०७२र७३ मा आइपुग्दा यो संख्या झन्डै तेब्बर अर्थात् ८३० पुगेको थियो । २०७३र७४ यो संख्या ११९७ मा पुग्यो । २०७५र७६ मा दुई हजार भन्दा माथि पुगेको छ । दिनप्रतिदिन बढिरहेको साइबर अपराधको यो संख्याले प्रविधिको प्रयोग भन्दा दुरुपयोगमा वृद्धि हुन थालेको हो कि भन्ने भान दिन थालेको छ ।
नक्कली फेसबुक एकाउन्ट बनाएर गाली–गलौज, धम्की, चरित्रहत्या गर्ने गतिविधि पनि सर्वसाधारण, महिला, नेता, कलाकार र प्रहरी स्वयमले भोग्दै आएका छन् । प्रहरीसँग पनि सबैसबै अपराधको तथ्यांक छैन ।
अहिले सामाजिक सञ्जालमा गाली, मानहानी वा चरित्र हत्याका पोस्ट मात्रै हुने गरेका छैनन् । अनलाइनमा अश्लिल विज्ञापन, पोर्नोग्राफी वा अन्य देहजन्य व्यापार गर्ने र अनलाइन मनी ट्रान्सफरबाट रकम कारोबार गरी ठगी गर्नेजस्ता क्रियाकलाप भइरहेका छन् ।
कस्तो छ साइबर कानुन रु
इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्रहत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेटबाट हुने ठगीरजालसाजी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउण्ट आदिको चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा र्पुयाइउने क्षति लगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानुनले साइबर अपराध मानेको छ ।
नेपालमा प्रहरीले साइबर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन २०६३ को प्रयोग गदै आएको छ । उक्त ऐनको दफा ४७ मा कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ ।
कमजोर पासवर्ड
एकाउन्ट ह्याक भएको धेरै सुनिन्छ । तर अरूलाई दोष लगाउनु पहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा कमैले मनन गर्ने गरेका छन् ।
सामान्यतया यस्ता चोरी भएका पासवर्ड बलिया पासवर्ड हुन्नन्, सजिला किसिमका शब्द हुन्छन् । धेरैले अति सजिलो किसिमको पासवर्ड राख्ने गर्छन् । आफ्नो नामको पछाडि १ २ ३ जस्तो अति सजिलो धेरैले पासवर्ड प्रयोग गरेको पाइन्छ । त्यसबाहेक आफ्नो जन्ममिति तथा मोबाइल नम्बर पनि पासवर्डका रूपमा राख्नेहरू धेरै छन् । यस्तो अवस्थामा जोकोहीले पनि अर्काको एकाउन्ट ह्याक गर्न सक्ने सम्भावना रहन्छ ।
बलियो पासवर्ड कस्तो हुन्छ ?
सामान्यतया अङ्क, साना तथा ठुला अङ्ग्रेजी अक्षर तथा स्पेसल क्यारेक्टरहरू जोडेर बनाइएको पासवर्ड बलियो हुन्छ । शब्दकोशमा नभेटिने र चलनचल्तीमा नआउने वा अरुले सजिलै सम्झन र गेस गर्न नसक्ने शब्दहरू नै पासवर्डका लागि उत्तम हुन्छन् ।
लामो, गन्जागोल लाग्ने, स्पेसल क्यारेक्टर मिश्रित पासवर्ड अरूले गेस गर्न नसक्ने भएका कारण सुरक्षित हुन्छन् । तर, एउटै पासवर्ड सबै एकाउन्टमा भने प्रयोग गर्न हुँदैन, कथंकदाचित यति धेरै बन्देज गर्दा पनि कहीँ कतै पासवर्ड अर्काले थाहा पायो भने अन्य एकाउन्ट पनि ह्याक हुने सम्भावना हुन्छ ।
सम्झनुपर्ने अर्को कुराचाहिँ, आफ्नो एकाउन्टको पासवर्ड अरूलाई कहिल्यै पनि सेयर गर्नु हुँदैन । जतिसुकै नजिकको साथी होस् वा विश्वासिलो मित्र, पासवर्ड दिनु हुँदैन । पासवर्डलाई भित्री वस्त्र मानेर र आफ्ना लागि मात्रै हो भनेर आफूले मात्रै प्रयोग गर्नुपर्छ । कुनै काम विशेषले पासवर्ड सेयर गर्नुपर्ने भयो भने काम सकिने बित्तिकै पासवर्ड परिवर्तन गरिहाल्नुपर्छ । सामान्यतया तीन–चार महिनामा पासवर्ड परिवर्तन गरिहरने गर्दा पनि राम्रो हुन्छ ।