• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

दलाल सरकार खारेज गरौँ’ भन्दै विप्लव समूहले कैलालीका अधिकांश वडामा लगायो ताल्चा

पावर संदेश
   २२ असार २०७६, आईतवार ११:३१  मा प्रकाशित
  • 493 पटक पढिएको







  • असार २२, कैलाली ।

    कैलालीका प्रायजसो वडा कार्यालयमा तालाबन्दी गरिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीका धेरैजसो वडा कार्यालयहरुमा तालाबन्दी गरेको हो ।

    धनगढी उप–महानगरपालिका क्षेत्रका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूहका एक नेताले बताए । तालाबन्दी गर्दै वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोको पर्चा समेत राखिएको छ ।

    त्यस्तै टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिकाका वडा कार्यालयहरु समेत तलाबन्दी गरिएको छ । तालाबन्दी गर्ने क्रममा जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाका वडा कार्यालयहरुमा समेत विप्लवका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।

    वर्तमान सरकार राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार तर्फ उल्मुख भएको भन्दै त्यसका विरुद्ध पार्टीले सुरु गरेको अभियान अन्तरगत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको छ । ‘पर्चामा सामाजिक दलाल पुँजीपति सरकार खारेज गरौँ’ लगायत नारा अंकित छन् ।

    यसअघि विप्लवका कार्यकर्ताले गएराती कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधिलाई थुनेका थिए ।

    साढे आठ बजे रातीसम्म कार्यालयमै काम गरिरहेको अवस्थामा भेटिएका दुई जना कर्मचारी र जनप्रतिनिधीलाई विप्लव समूहले बाहिरबाट ताला लगाएर थुनेको थिए । नगरपालिकाका लेखापाल सरोज चौधरी र कार्यालय सहयोगी बगेन्द्र सुनार सहित केही जनप्रतिनिधी रातीको समयमा लेखा फाँटमा काम गरिरहेको भेटाएपछि उनिहरुलाई बाहिरबाट ताला लगाएर थुनेको एक नेताले बताए ।

    उता गोदावरी नगरपालिकाको वडा नम्बर ७ र ८ को वडा कार्यालय परिसरमा शंकास्पद बस्तु समेत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । उनले उक्त बस्तुबारे नेपाली सेनालाई जानकारी गराईसकेको बताए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑