
काठमाडौं । आज (आइतबार) देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा एवं पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावनना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो काठमाडौंमा झन्डै ५ घण्टा लगातार वर्षा भएको थियो भने हिजोबाट नै मुलुकभर वर्षा हुने क्रम बढेको छ ।
काठमाडौंमा उपत्याकामा हिजो ४ घण्टाभन्दा बढि समय पानी परेको महाशाखाले जनाएको छ । आज पनि देशभर अधिकांश स्थानमा वर्षा हुने र वर्षा नभएको ठाँउमा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै भारतमा रहेको न्यून चापीय वर्षा गराउने प्रणाली नेपालतर्फ नजिकिँने क्रम बढेको छ । जसका कारण वर्षा हुन लागेको हो । मनसुन पुर्ण रुपमा सक्रियसमेत भएको छैन् । सोही कारण कहिले पानी पर्ने, कहिले बदली हुने र घाम लाग्ने क्रम अस्थिर रुपमा चलिरहेको महाशाखाले जनाएको छ ।
असार २२ गते (आईतवार)
दिउँसो देशका अधिकांश भू भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका पश्चिमी भू भागका धेरै स्थानहरूमा र मध्य र पूर्वका पहाडी भू भागका केही स्थानहरूमा मेघ गर्जन सहितको वर्षाको सम्भावना रहेको छ। देशका बांकी भू भागहरूमा हल्का वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू भाग र पश्चिमका पहाडी भू भागका एक दुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।
रातीस् देशका अधिकांश भू भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका मध्य र पश्चिमी भू(भागका धेरै स्थानहरूमा र पूर्वका केही स्थानहरूमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू भागका एक दुई स्थानहरू, मध्य(पश्चिमी तराईका एक दुई स्थानहरूमा र पूर्वका तराई र तल्लो पहाडी भू भागमा मध्यम देखि भारी वर्षाको सम्भावना छ।