काठमाडौं ।
यो वर्षको मनसुन विगतभन्दा केही ढिला भित्रिएर अलि ढिला नै सक्रिउ भएको छ । देशभर मनसुन सक्रिय भएसँगै लगातार केही दिनसम्म वर्षाको सम्भावना रहेको छ । आगामी तीन दिन देशका अधिकांस ठाँउमा भारी एवं मध्य किसिमको वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै अगामी ३ दिन देशका पानी नपरेको ठाँउको मौसम बदली रहने छ । मौसममा लगातार फेर(बदलफ हुने क्रम जारी रहेको छ । कुनै दिन बदली, कुनै दिन वर्षा र कुनै दिन २(३ घण्टा वर्षा हुने(रोकिने क्रम जारी रहेको छ ।
त्यस्तै भारतमा रहेको न्यून चापीय रेखा नेपाल तर्फ आउँदै गरेका कारण पनि वर्षा भइरहेको छ । लगातार दिनभर पानी नपरे पनि मोसममा गडबडि रहने छ । २(३ घण्टा पानी पर्ने, बदली हुने किसिमको मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण यो समयमा बाढी(पहिरो,चट्याङ जस्ता प्राकृतिक प्रकोपको सम्भावना हुन्छ । यस्ता प्रकोपबाट सचेत भएर रहन मौसमविद्ले आग्रह गरेका छन् ।
बाढी पूर्वानुमान महाशाखाले अहिले देशका पूर्व, मध्य र पश्चिमका विभिन्न जिल्लामा भारी वर्षा भइरहेकाले उक्त क्षेत्रका नदी खोलाहरूमा आकस्मिक बाढी तथा बहाव बढ्ने सम्भावना उच्च रहेको जनाउदै बाढी(पहिरोबाट सतर्क रहन आह्वान गरेको छ।
आगामि ३ दिनको मौसम
असार २४ गते (मंगलवार)
दिउँसोस् देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू–भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।
रातीस् देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू–भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।
असार २५ गते (बुधवार)
दिउँसोस् देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केहि भू-भागमा वर्षाको सम्भावना छ। देशको १र२ स्थानहरुमा भारि वर्षाको संभावना छ ।
राती देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।
असार २६ गते (बिहिबार)
दिउँसोस् देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ । राती देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।