
२४–असार, नवलपरासी ।
पूर्वी नवलपरासीमा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कावासोतीको जीवन ज्योति माविले ६ वटा स्वर्ण पदक जितेको छ ।

सोमबारबाट शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको फाइलन चरणका खेलहरु गैडाकोटको जनक माविमा भईरहेको छ । प्रतियोगिता मंगलबार अबेरसम्म सकिने छ । जीवन ज्योति माविले अहिलेसम्म ६ वटा स्वर्ण, भानुदय माथि चुकाहा, सर्दीले ३ वटा स्वर्ण, मणिसंगम मावि डाँडाजोर सर्दीले २ वटा स्वर्ण, जनता मावि त्रिभुवनटारले २ वटा स्वर्ण, पदक प्राप्त गरेका छन् ।
त्यसैगरी जनताशिद्ध अम्मर मावि लुस्लहरी, जनता मावि विष्णुनगर, शहिद स्मृति मावि कावासोती, ज्ञानोदय मावि प्रसौनी, लिटिल बोडिङ स्कुल अरुणखोलाले पनि एक, एक वटा स्वर्ण पदक हात पारेका छन् ।
नवलपरासीमा महिला खेलाडीको क्षमता अभिवृद्धि कार्यक्रम
जीवन ज्योति मावि कावासोतीले ४०० मिटर दौडतर्फ छात्र, छात्रा गरी दुई वटा, कपर्डीमा एउटा, ४ सय मिटर रिलेमा एउटा, २ सय मिटर दौडमा छात्र,छात्रा एक, एक गरी ६ वटा स्वर्ण पदक प्राप्त गरेको हो ।