
२५– असार, देवचुली
भिम भुसाल,
बुलिङ्टार दलदले सडक खण्ड अन्र्तगत देवचुलि १३ दलदलेमा म्याजिक दुर्घटना हुदा चालक सहित ४ जना घाईते भएका छन् ।

उत्तरबाट दक्षिणतर्फ आउदै गरेको म्याजिक अनियन्त्र हुदा २ पुरुष र २ महिला घाईते भएका हुन् । घाईतेहरु मध्ये देवचुली १२ का १८ वर्षिय चालक मनिष मन्थ र ८० वर्षिया मृत्युङ् घर भएकि ददिसरा प्याउली गम्भिर घाईते भएका छन् ।
देवचुलीका प्रेम ठाडा मगर र गणेश पौडेल भने सामान्य घाईते भएका छन् । घाईते ४ जनालाई नै भरतपुर अस्पताल लगिएको छ ।