२६–असार, नवलपुर
नवलपुरको मध्यविन्दु–२ कोल्हुवाका सौगात अधिकारी परीवारको सम्पर्कमा नआएको दस दिन भएको छ ।
गत असार १७ गते घरबाट हेटौडा जाने भनेर हिँडेका २८ वर्षीय अधिकारी सोही दिन साँझ ५ बजे देखी परीवारको सम्पर्कमा नआएको सौगातका बुबा बिष्णु अधिकारीले जानकारी दिनु भयो ।
स्थानि विद्यालय कुमारवर्ती मा।वि। बाट उत्कृष्ट नतिजा ९डिष्टेन्सन० ल्याई आफ्नो लाई थप अध्ययन गरी आफ्नै ठाँउमा केही गरौ भन्ने उदेश्यका साथ कावासोतीको जिल्ला प्रहरी कार्यालय नजीकै कावासोतीमा कन्सल्टेयान्सी दर्ता गरेर कार्यालय खोल्न सजावटको काम समेत सकि घरबाट हेटौडा घुम्न भनी हिडेका सौगात हाल भाइ सम्पर्क विहीन भएपछि परीवारमा सन्नाटा छायको छ । सोगातको परीवारमा बुबा, आमा र एक बहिनी छन ।
बुबा बिष्णु अद्धिकारीले आफ्नो सामाजीक सन्जाल मार्फत मेरो सहारा बनी दिन्छौ भनि आशा हामीले राखेका छौ ,फर्केर चाडै आउछौ भनि बाटो कुरिरहेका छौ । आषाढ १७ गते घुम्न भनि हेटौडा गएको र सोही दिन ५ बजे देखी परिवार जन सँग सम्पर्क बिहिन भएको र आजसम्म पनि हामी उनको अवस्था बारे अनभिज्ञ भएकाले घरमा रुवावासी को अवस्था सृजना भएको भन्दै सम्भावना का बाटोहरु हराउदै गएको हुनाले सर्वसाधारण बाट सहयोग पाउने आशा सहित सौगात तस्वीर सहित सम्पुर्णमा खोजीदिन र कहि कतै जानकारी भए सम्पर्क गरीदिन भन्दै सुचनाका लागि ९८४७२५३७७६, ९८६७८५६१४२, ९८०१०८६४२६, ९८१८५५६५६३ मा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।