२८–असार , काठमाडौं ।
पशुपतिनाथ मन्दिर भित्र सिरिन्ज आक्रमण भएको भन्दै एक महिलाले भनेपछि उनलाइ सुक्रराज ट्रपिकल अस्पताल टेकु पुर्याइएको छ ।
लगत्तै पशुपतिनाथ मन्दिरको सबै ढोका बन्द गरेर प्रहरीले संकास्पद ब्यक्तिको खोजी जारी राखेको छ । काठमाडौ प्रहरीले भने हल्ला मात्रै भएको जनाएको छ ।
गतसाता वनेपामा एक युवतिले आफुलाई सिरिञ्ज आक्रमण भएको भन्दै एक पुरुषलाई पक्राउ गराएकी थिइन् । पछि पुरुष निर्दोश सावित भएका थिए ।