२८– असार,
भिम भुसाल, देवचुली
नवलपुरको देवचुली नगरपालिकामा आर्थिक वर्ष २०७५–०७६ मा २० प्रतिशत पुँजीगत खर्च फ्रिज हुने अवस्थामा पुगेको छ । नगरपालिकाले यो आर्थिक वर्ष भित्र २० प्रतिशत पुँजीगत खर्च गर्न नसकेको सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै स्विकार गरेको छ । नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ नवलपरासीको संयोजनमा शनिवार देवचुली १३ दलदलेमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्दै सो कुरा स्विकार गरेको हो ।
सार्वजनिक सुनुवाईमा नगर भित्र रहेको प्रदेश राजधानी जोड्ने सडक निर्माण कार्य हुन नसकेको, पहाडि क्षेत्रमा पर्ने बाटोमा बारम्बार पहिरोको समस्या सामना गर्नुपरेको, थाई रुपमा वसपार्क निर्माण, फोहोर संकलनको दिर्घकालिन ब्यवस्था, नगर रिङरोड, सार्वजनिक सम्पत्ती सुद्धिकरण हुन नसकेको लगाएतका सार्वजनिक सरोकारका विषमा स्थानियले प्रश्न गरेका थिए ।
त्यस्तै स्थानियले नगरभित्रको खानेपानि समस्या, सुकुम्बासी समस्या, सवारी दुर्घटना लगाएतले बिकराल अवस्थाको सिृर्जना गरेको गुनासो गरेका थिए ।
देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले सार्वजनिक सुनुवाईमा नगरभित्रको प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो । प्रगती विवरणमा अधिकृत भुसालले नगरपालिकाले जनतामुखी विकासका कार्यक्रमहरु सम्पन्न गर्न सफल भएको दाबी गर्नुभएको छ । नगरपालिकाले बाटो पुलपुलेसा, नहर, खानेपानी, विद्युत्त लगाएतका पुर्वाधार विकास सकृयता देखाएको बताउनुभयो । केन्द्रिय तथा प्रदेश सरकारको सहयोगमा नगरभित्र विकास निमार्णका कार्यहरु सञ्चालन गरीएको अधिकृत भुसालको दाबी छ । कृर्षि, खेलकुद, स्वास्थ्य, सुकुम्बासी समस्या, दाह संस्कार क्षेत्र, कर्मचारी तालिम लगाएतका विषयमा पनि नगरपालिकाले प्रभावकारी भुमिका निर्वाह गरेको भुसालले बताउनुभयो ।
कार्यक्रममा उपस्थित स्थानियले सार्वजनिक सरोकारका विषयमा नगरपालिकाका सम्बन्धीत ब्यक्तिहरुसँग जवाफ मागेका थिए ।
कार्यक्रममा देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठ, उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसाल, विभिन्न वडाका वडा प्रमुख, वडा सदश्य, राजनैतिक दलका प्रतिनिधि, नागरीक समाज प्रतिनिधि, पत्रकार तथा स्थानियबासिको सहभागिता रहेको थियो ।