• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

पहिराले नवलपरासीको अर्खलामा स्वास्थ्य चौकी खस्यो

पावर संदेश
   २९ असार २०७६, आईतवार १०:३२  मा प्रकाशित
  • 316 पटक पढिएको







  • २९– असार, नवलपरासी ।

    तीन दिन देखि परेको अबिरल बर्षाका कारण पुर्बी नवलपरासीको बिकट बुलिगंटार गाउँपालिका ४ अर्खलामा रहेको अर्खला स्वास्थय चौकी पहिरोले लगे पछि स्वास्थ्य चौकी कहाँ सार्ने भन्ने बिषयमा कर्मचारीमा थप अन्यौलमा बढेको छ ।

    तीन दिन देखि को भीषण बर्षाले दलदले बुलिङटार सडकको अर्खला छेउमा रहेको अर्खला स्वास्थ्य चौकी पुरै पहिरोको चपेटामा परे पछि अहिले स्वास्थ्य चौकीका सामान अन्यत्र सार्ने काम भैरहेको स्वास्थ्य चौकी प्रमुख टोकबहादुर सुस्लीङ मगरले बताए । स्वास्थ्य चौकी पहिरोले लग्यो अब कहाँ लैजाने हो भन्न नसकिने अबस्था रहेको र तत्काल वडा कार्यालयमा स्वास्थ्य चौकी सार्ने बारेमा गाउँपालिकाले निर्णय लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुगांनाले बताए ।
    स्वास्थ्य चौकी पहिरोले बगाए पछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुगांनाले स्थलगत अबलोकन तथा निरीक्षण गरि गाउँपालिकाले उचित सहयोग गर्ने बताए ।

    कावासोतीको फलफुल चोकबाट बोझापोखरी हुदै अर्खला भएर कोखेटार पुग्ने मोटरबाटो निर्माणका लागि ठेकका पाएको पुष्प कोशी एण्ड न्यौपाने बन्दना भगबती जेरी कन्सलटन्सीले सरकारी संरचनाहरु नबिगारी काम गर्ने सम्झौता भए पनि करीब रु ७० लाखमा बनेको पुर्बी नवलपरासीकै नमुना स्वास्थ्य चौकीका रुपमा पुरुस्कृत अर्खला स्वास्थ्य चौकीको संरचना नै बाटो निर्माणका क्रममा तीन दिन देखि परेको अबिरल बर्षाका कारण स्वास्थ्य चौकी पुरै बगाएको स्वास्थ्य चौकी प्रमुख टोकबहादुर सुस्लीगं मगरले बताए ।
    अर्खला स्वास्थ्य चौकी को चार कोठे पककी भवन लगायतका संरचनाहरु बाटो निर्माणका क्रममा पहिरो जाँदा संरचना बनेको स्थलमा पहिरो पुग्न पहिले तीन मिटर मात्र थियो तर बर्षा लगातार भए पछि पहिरोले सबै संरचना बगायो गाउँपालिका अध्यक्ष शसिकिरण बस्ताकोटीले भने अब स्थानीय सरकारले त्यसको निर्माणको बिकल्प खोज्छ र खोज्नुपर्छ । पहिरोले लगे पछि अस्थायी रुपमा स्वास्थ्य चौकीको काम वडा कार्यालयबाट गर्न निर्देशन दिईएको अध्यक्ष बस्ताकोटीले बताए ।
    जनता र दातृ निकायको ठुलो सहयोगबाट रु ७० लाखमा बनेको अर्खला स्वास्थ्य चौकी पहिरोले बगाए पछि चिन्ता थपिएको प्रमुख सुस्लीङ मगरले बताए ।
    हरेक अबस्थाले सेवा, सुविधा र स्वास्थ्य गतिबिधिमा अब्बल रहेको अर्खला स्वास्थ्य चौकी को भवन पहिरोले लगे पछि अब भवन नै अन्यत्र बनाउने अबस्था आए पछि समस्यामा परेको प्रमुख सुस्लिङ्ग मगरले बताए ।
    बाटोले चाक्लो पार्ने क्रममा स्वास्थय चौकीको संरचना नै जोखिममा पर्न गए पछि बुलिगंटार गाउँपालिकालाई गुहारेका प्रमुख सुस्लगिं मगरले बताए ।
    अर्खला बरिपरि का पाँच हजार जनतालाई बार्षिक रुपमा स्वास्थ्य सेबा दिदैं आईरहेको सो स्वास्थ्य चौकी पहिरोले लगे पछि , अब संरचना सार्न जग्गा चाह्यिो ,भवन बनाउनु परयो स्थानीय र प्रदेश सरकारले सोच्नु परयो प्रमुख सुस्लीङ मगरले दुखेसो पोखे ।
    पहाडी क्षेत्रमा जाने मोटरबाटो निर्माणले दर्जनौं नीजि घरहरु भत्केका छन् भने जग्गा जमीन समेत पहिरोले लगेको छ ,खेतका कुला हरु सबै पुरिएर भत्केका छन् भन्े यसबाट सयौ बासिन्दा बिस्थापित भएका अर्खलाका वडाध्यक्ष चेतबहादुर गोदामी मगरले बताए ।
    भत्केका र उच्च जोखिममा रहेका सरकारी संरचनाको निर्माणका लागि तत्काल संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार ले बजेट बिनियोजन गरेर काम थाल्नु पर्ने बुलिगंटार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद ढुगांनाले बताउनुभयो । पुर्बी नवलपरासीमा दलदले मोटरबाटो र कालीगण्डकी मोटरबाटो बिस्तार तथा निर्माणका क्रममा धेरै भौतिक संरचनामा क्षति पुग्ने आकलन गरिएको बुलिगंटार गाउँपालिका का अध्यक्ष शसिकिरण बस्ताकोटीले बताए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑