३१–असार, देवचुली
भष्ट्रचारको आरोप लागेका देवचुली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर क्षेत्रीले भष्ट्रचारको आरोप लाउदैमा भष्ट्रचारी नभईने बताउनुभएको छ । मंगलबार पावर संदेशसँग कुरा गर्दै अध्यक्ष क्षेत्रीले आरोप लागेको समाचार सत्य भएता पनि भष्ट्राचार भने नगरेको उल्लेख गर्नुभएको छ । आन्तरीक लेखा परिक्षणमा ३० हजारको रकम नदेखिएको विषयलाई स्विकार गर्दै हिसाबमा भुल भएको र फाईनल अडिटमा भने समितिले सबै रकमलाई उल्लेख गर्ने दाबि गर्नुभएको छ ।
सोमबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै भष्ट्रचार आरोपित अध्यक्ष सहित पूर्व सचिव र बर्तमान कोषाध्यक्षले आगामि दिनमा आर्थिक विषयलाई पारदर्शी बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
साथै अध्यक्ष क्षेत्रीले वर्तमान सचिव विरेन्द्रराज काफ्लेलाई समितीले निगरानीमा राख्दै समितिको कुनै पनि कार्यमा सकृय हुन नदिने निर्णय गरीएको जानकारी दिनुभयो ।