भिम भुसाल, नवलपुर
जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेकोले आज दिनभर मनसुन सक्रिय रहने जनाएको छ ।
मनसुनको कारण भारी वर्षा भएकाले नवलपुर क्षेत्रमा स्थानियलाई सर्तक रहन आग्रह गरीएको छ । आज ( बुधवार) विहान ९ः३० बजे नवलपरासी डण्डा स्थित बर्षामापन केन्द्रमा भारी बर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
आज बेलुका सम्म खतरा रहने संकेत गर्दै महाशाखाले डण्डा, कावासोती, र आशपासको गिरिउवारी लगाएत अन्य स–साना नदी तटीय क्षेत्रमा खतरा तह आसपासको बाढी आउन सक्ने बताएको छ । यस क्षेत्र आसपासका स्थानियलाई समेत सर्तक रहन मौसम पुर्वानुमान शाखाले आग्रह गरेको छ ।