
भिम भुसाल, देवचुली
नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामले जनस्वास्थ्य माथि खेलवाड गरेको भन्दै स्थानियले उद्योगको मुख्य गेट अगाडी धर्ना दिएका छन् । स्थानियको गुनासोलाई बेवास्था गरेको भन्दै पिडित स्थानियले सोमवार विहान उद्योगको मुख्य गेट अगाडी एक घण्टा धर्ना दिएका हुन् ।

चौधरी ग्रपको चौधरी ग्रुप अफ इण्डष्ट्रियल पार्क दुम्कौली भित्र सञ्चालनमा रहेको भुसे वोईलर बाट उत्पिडनमा परेका पिडित स्थानियले बर्षौ देखि धुँवा धुलोले जनस्वास्थ्यमा असर गर्दा पनि उद्योगले बेवास्था गरेको गुनासो गरेका छन् ।
भुसे वोईलरबाट उडेको खरानी घरको आँगन, करेसा बारी, सुत्ने विस्तारामा पुग्नुका साथै स्वास लिदा समेत मुखमा कालो धुलो नै पुग्ने गरेको स्थानिय शुक मायाँ बिश्कर्माले गुनासो गर्नुभएको छ ।
उद्योग भित्र प्लाष्टिक पोल्ने, कालो खरानी जम्मा गर्ने गर्दा हावाले कालो खरानीलाई स्थानियको घरघरमा पुर्याएको मिलन टोल सुधार समितिका अध्यक्ष चिनि बहादुर सुनारले बताउनुभयो । माग सुनुवाईको लागी चौधरी उद्योगसँग छलफल गर्दा मौखिक रुपमा मात्र माग पुरा गर्ने आश्वासन आउने गरेको अध्यक्ष सुनारले बताउनुभयो । माग पुरा नहुदा सम्म हरेक दिन १\१ घण्टा धर्नामा बस्ने र यति गर्दाा पनि सुनुवाई नभए कडा रुपमा प्रस्तुत हुने सुनारले चेतावनी दिनुभयो ।
पिडित स्थानियले बातावरण प्रदुषण अन्त्य गर, मर्कामा परेकालाई उपेक्षा गर्ने परीपाटी बन्द गर, रोजगारीमा ठेकेदार प्रथा बन्द गरी कम्पनीले सिधै नियुक्ति गर्ने ब्यवस्था गर, हाम्रो माग पुरा गर लगाएतका प्ले कार्ड सहित धर्नामा उत्रिएका थिए ।