• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

सामुदायिक वनलाई तेहारो कर, सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर आन्दोलित

पावर संदेश
   १४ श्रावण २०७६, मंगलवार १६:५९  मा प्रकाशित
  • 684 पटक पढिएको







  • तिर्थराज डुम्रे,कावासोती ।

    सामुदायिक वनलाई संघ, प्रदेश र स्थानीय तिन तहको सरकारले छुट्टाछुट्टै कर मार्फत तेहोरो करको दायारमा ल्याउन खोजेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपुरले बिरोध जनाएको छ । गरिबी निवारण र सामुदायिक बिकासको क्षेत्रमा काम गर्दै आएको सामुदायिक वन माथि ९० प्रतिशत कर थुर्पान खोजिएको भन्दै महासंघले बिरोध गरेको हो ।
    संघ र प्रदेश सरकारले वन तथा अर्थ सम्बन्धी विभिन्न नयां कानुनहरु तर्जुमा गर्ने क्रममा सामुदायिक वनलाई करको दायारामा ल्याउने गरी कानुन निर्माण गरिरहेको छ । यता स्थानीय सरकार सञ्चालन ऐन २०७४ को संशोधन गर्दै सरकारले वन पैदावरको बिक्रिबापत प्राप्त हुने रकमको १० प्रतिशत स्थानीय सरकारको सञ्चित कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गरिसकेको छ । यस्तो अवस्थामा सामुदायिक वन तेहोरो करको भारमा पर्ने जिल्ला महासंघ नवलपुरका अध्यक्ष ठाकुर प्रसाद पाण्डेले बताए । “गरिबी निवारणमा ४ प्रतिशत तथा वन विनाश नियन्त्रणमा ३८ प्रतिशत योगदान गरेका सामुदायिक वनले गरिबी न्यूनिकरण, वन संरक्षण र सामुदायिक बिकासको क्षेत्रमा काम गर्छन् ।” अध्यक्ष पाण्डेले भने –“ तर, सामुदायिक वनको प्रकृति र यसको योगदानलाई वेवास्ता गर्दै तिनै तहका सरकारले छुट्टाछुट्टै कर लगाउने तयारी गर्दैछन् । यसले वन संरक्षण प्रति सामुदायमा नकारात्मक सन्देश प्रवाह हुन सक्छ ।”
    वन ऐन संसोधन गर्न बनेको विद्येयक, आर्थिक ऐन, तत् सम्बन्धित प्रदेश मार्फत प्रस्तावित विद्येयकहरु र स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएको बमोजिम सामुदायिक वनले ९० प्रतिशत रकम कर मात्रै बुझाउनु पर्ने अवस्था सृजना हुने अध्यक्ष पाण्डेले बताए । उनका अनुसार हाल सामुदायिक वनले बाह्य आपूर्तिमा दिदै आएको र प्रस्तावित तथा व्यवस्था अनुरुप अब सामुदायिक वनले संघिय सञ्चित कोषमा १५ प्रतिशत, प्रदेश सञ्चित कोषमा २५ प्रतिशत, प्रदेश सेवा शुल्क २ प्रतिशत, स्थानीय सरकारको सञ्चित कोषमा १० प्रतिशत, मुल्य अभिबृद्धि कर ऐन २०५२ बमोजिम १३ प्रतिशत र आयकर ऐन २०५८ बमोजिम समुहको बचत रकममा आयकर २५ प्रतिश गरि ९० प्रतिशत कर तिर्नु पर्ने अवस्था सृजना गरिएको छ ।
    हाल सामुदायिक वनले सामुदायिक वन विकास मार्गदर्शन २०७१ बमोजिम आम्दानी अनुसार वन विकासमा २५ प्रतिशत, गरिबी न्यूनिकरणमा ३५ प्रतिशत र सामाजिक विकासमा ४० प्रतिशत रकम खर्च गर्छन । अब सामुदायिक वनमा हुने सम्पूर्ण आम्दानीको ९० प्रतिशत रकम नै कर दाखिला गरेपछि वन विकास, गरिबी निवारण र सामाजिक विकासको काम प्रभावित हुने अध्यक्ष पाण्डेले बताए ।

    मंगलबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपुरले सामुदायिक वनमा हालसम्म लगाइदै आएको वन पैदावार शुल्क र नयाँ प्रस्ताव गरिएका सबै तहका वन पैदावार शुल्कहरु हटाउन माग गरेको छ । त्यस्तै सामुदायिक वन उपभोक्ता समुहले व्यापारिक प्रयोजनका लागि समुह बाहिर विक्रि गरेको काठ र दाउराबाट प्राप्त गरेको रकमको १५ प्रतिशत रकम वन पैदावार शुल्कको रुपमा संघीय कोषमा जम्मा हुने व्यवस्था गरि गरी उक्त रकम संघ, प्रदेश र स्थानीय तहले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम आपसमा बाँडफाँडको व्यवस्था गर्न माग गरेको छ ।
    पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तीमा सरकारले सामुदायिक वनहरुको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ नेपालले गरेको आन्दोलनलाई वेवास्था गरेमा थप आन्दोलनको कार्यक्रम अगाडी बढाउन बाध्य हुने समेत उल्लेख गरिको छ ।
    महासंघले यस अगाडी वन ऐन संसोधन गर्न बनेको विद्येयक फिर्ता र सामुदायिक वन माथि लगाइएको कर हटाउन माग गर्दै हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको थियो । आन्दोलनको कार्यक्रम अन्र्तगत बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित सबै कार्यालयहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत रहेको अध्यक्ष पाण्डेले बताए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑