
सुरेश बिष्ट
नवलपुरको नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ ।

शुक्रबार साँझ जिल्लाको देवचुली नगरपालिका-१ स्थित नारायणी नदी किनारमा अन्दाजी ३५/४० वर्षको तराईमुलको जस्तो देखिने महिलाको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार उक्त शव त्रिशुलीमा खसेको यात्रुवहाक बसमा सबार यात्रुको हुनसक्ने अनुमान गरिएको छ ।
शवलाई पोष्टमार्टको लागि भरतपुर अस्पतालमा राखिएको छ ।