सुरेश बिष्ट, नवलपुर ।
नवलपुर जिल्लाको देवचुली नगरपालिका-१६ कुजौलीघाटस्थित नारायणी नदी किनारमा एक युवकको शव फेला परेको छ ।
सोमबार साँझ २२-२५ वर्षको जस्तो उमेर देखिने युवकको शव सडेको अवस्थामा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय रजहरका प्रहरी नायव निरीक्षक खेम तामाङले नदी किनारमा शव फेला परेको र उक्त शवलाई हेर्दा तराईमुलको जस्तो देखिएको जानकारी दिए ।
शव पोष्टमार्टको लागि भरतपुर अस्पताल पठाइएको र केही दिन अगाडि त्रिशुली नदीमा दुर्घटना भएर वेपत्ता भएका मध्येको हुनसक्ने अनुमान गरिएको उनको भनाई थियो ।