
भिम भुसाल
देवचुली ट्रयाक्टर ब्यवसायी समितिको अध्यक्षमा बावुराम घिमिरे सर्वसम्मतले चयन हुनुभएको छ । शनिवार देवचुली १३ दलदलेमा भएको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनले बावुराम घिमिरेको अध्यक्षतामा २३ सदस्य कार्यसमिती सर्वसम्मतले चयन गरेको हो ।

अधिवेशनले समितिको उपाध्यक्षमा दुर्गाप्रसाद भुसाल, सचिव ओमराज अधिकारी, कोषाध्यक्ष कृष्ण सिलवाल, सहसचिव डोर बहादुर फ्याउली मगर सहित २३ सदश्य कार्य समितिलाई सर्वसम्मतीले चयन गरेको छ ।
देवचुली नगरपालिका भित्र रहेका १७ ओटै वडालाई समेटेर प्रत्येक वडाको प्रतिनिधित्व हुने गरी कार्यसमिति चयन गरीएको छ ।
कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष घिमिरेले विभिन्न क्षेत्रबाट नगर भित्र भित्रिने अवैध नदिजन्य पदार्थलाई नगरपालिकासँग समन्वय गरी नियन्त्रण गरीने बताउनुभएको छ । ट्रयाक्टर ब्यवसायि समितिलाई एकतामा बाध्नुका साथै आगामि दिनमा संस्थागत सफलताको विषयलाई प्राथमिकताका साथ हेर्ने घिमिरेले बताउनुभयो ।
शनिवार नवलपुर ट्रयाक्टर ब्यवसायी समिति देवचुली उपसमिति अध्यक्ष दिपक सुवेदिको अध्यक्षतामा प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको हो ।