
कावासोती,
नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा स्टार टेलिभिजन,रेडियो कावासोती र नमुना सन्देश साप्ताहिक पत्रिकाको संयुक्त आयोजनामा बृहत खुल्ला तीज प्रतियोगिता आयोजना हुदैछ । बिगतका बर्षमा जस्तै यस बर्ष पनि हरितालिका तीज भब्य र सभ्य रुपमा सफल पार्नका निम्ति स्टार टेलिभिजन, रेडियो कावासोती र नमुना सन्देश साप्ताहिक पत्रिकाको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

खुल्ला तीज गित प्रतियोगितामा प्रथम पुरस्कार २१ हजार , द्धितिय पुरस्कार १५ हजार र तृतिय हुनेलाई १० हजार रुपैयाँ रहेको छ । कार्यक्रम भदौ १४ गते शनिबारका दिन स्टार टेलिभिजनको प्रङगणमा उक्त कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा बिभिन्न सरकारी, गैरसरकारी, शैक्षिक संघसस्थाका पदाधिकारी ,शिक्षाप्रेमि समाजसेवि ,बुद्धिजिवि लगायत अग्रज ब्यक्तित्वहरुको उपस्थित रहनेछ। मुख्यतय कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुको बजोड सांस्कृतिक प्रस्तुती समेत रहनेछ भने कार्यक्रम शनिबार बिहान १० बजेदेखि सुरु हुनेछ ।