भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिका वडा नम्बर १२ मा देवचुली अन्तर क्लव स्तरीय भलिबल प्रतियोगीता शुरु भएको छ । बुवाको मुख हेर्ने दिनको शुभ अवशर पार्दै देवचुली खेलकुद समिति वडा १२ ले शुक्रवार देखि भलिबल प्रतियोगीता शुरु गरेको हो । देवचुली नगरपालिका वडा नम्बर १२ वडाध्यक्ष दिनानाथ भुसालको अध्यक्षता रहेको उद्घाटन खेलमा देवचुली युवा तथा खेलकुद विकास समिती अध्यक्ष तथा वडा प्रतिनिधि भिमलाल तिवारीको प्रमुख आतिथ्यता रहेको थियो ।
स्थानिय स्तरमा रहेका खेलाडिको पहिचान गर्न र स्थानिय युवालाई खेलप्रति आकर्षण गर्न पनि प्रतियोगीता आवश्यक रहेको प्रमुख अतिथि तिवारीले बताउनुभयो । ब्यवसायिक खेलाडी उत्पादनका लागी स्थानिय स्तरबाट नै खेलाडिको पहिचान गर्नुपर्ने हुँदा खेल प्रति अभिभावकले आफ्ना छोराछोरीलाई सहयोग गर्न पनि तिवारीले आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रमका अध्यक्ष एंव देवचुली १२ वडाअध्यक्ष दिनानाथ भुसालले वडालाई खेलकुदको स्तरमा बृद्धि र वडा भित्र सक्षम भलिवल टिमको स्थापना गर्न भलिवल प्रतियोगिताको आयोजना गरीएको जानकारी दिनुभयो ।
शुक्रवार मुक्ति क्षेत्र भलिबल समुह A र मुक्ति क्षेत्र भलिबल समुह B बिच भएको उद्घाटन खेलमा मुक्ति क्षेत्र भलिबल समुह A २–० को सोझो सेटमा बिजयी भएको छ । त्यसैगरी शुक्रवार नै भएको दोस्रो खेलमा गैडी भलिवल समुह बिजयी भएको छ । कुनाघाट भलिवल समुहलाई २–० को सेटमा हराउदै गैडी विजयी भएको हो । भोलि (शनिवार) लक्ष्मिपुर भलिवल समुह र जनबस्ती भलिवल समुह बिच प्रतिस्पर्धा हुने छ भने शनिवार नै अभिभावक समुह र सुन्दर भलिवल समुह बिच प्रतिस्पर्धा हुने देवचुली १२ वडा खेलकुद विकास समिति सदश्य प्रकाश काफ्लेले जानकारी दिनुभयो ।