
हार्दिक अपिल
नवलपुर जिल्ला, कावासोती–६ निवासी २६ वर्षीय निमकला भट्टराई (सुनिता) विगत पाँच वर्षदेखि दुवै मृगौला खराव भएपछि निरन्तर उपचार गरिगरि रहनु भएको छ । उहाँको नेपाल र भारतका बिभिन्न अस्पताल उपचार गर्दा ८५ लाख रुपौया भन्दा बढी खर्च भइसकेको छ ।
उहाँको नियमित हप्तामा दुई पटक डाएलिसिस हुदै आएको छ । हाल अस्पतालले मृगौला प्रत्यारोपण गरे छोरीलाई निको हुने बताएपछि पीडित सुनिताको बुबाले सहयोगको लागि अपिल गर्नु भएको छ ।
मृगौला प्रत्यारोपण गर्न ४० लाख रुपौया खर्च हुने अस्पतालले बताएको छ । यस अघि उपचार गर्दा सबै जग्गा जमिन बैंकमा राखेर उपचार गरेकाले अब प्रत्यारोपणको लागि सहयोग गर्न परिवारले आग्रह गरेको छ ।
सहयोगको लागि मृगौला पीडित निमकला भट्टराई (सुनिता) को नाममा एनसीसी बैंक कावासोती शाखामा रहेको खाता नम्बर ११२०००००२१४०१ मा जम्मा गरिदिनु हुन परिवारले आग्रह गरेको छ ।
थप जानकारीको लागि बुबा टिकाराम भट्टराईको ९८४७१२१७१२ नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ।
कृपया आफुले सक्दो सहयोग गर्नु होला । साथै यो पोष्ट शेयर गरिदिनु हुन समेत अनुरोध छ ।
