भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिका वडा नम्बर १२ मा सञ्चालित देवचुली अन्तर क्लव स्तरीय भलिबल प्रतियोगीताको फाईनल खेल भदौ २७ गते शनिवार हुने भएको छ । देवचुली खेलकुद समिति वडा नम्बर १२ ले आयोजना गरेको प्रतियोगीताको फाईनल खेल देवचुली नगरपालिका नगर प्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने भएको हो ।
मंगलवार भएको सेमिफाईनलको खेलमा बिजेता बनेका जनबस्ति भलिवल समुह र गैडी भलिवल समुह बिच फाईनल खेल हुने भएको छ । सेमिफाईनलको पहिलो खेलमा लक्ष्मीपुर भलिवल समुह A लाई २–० को सोझो सेटमा पराजित गर्दै जनबस्ति भलिवल समुह फाईनलमा प्रवेश गरेको हो । त्यसैगरी सेमिफाईनलको दोस्रो खेलमा लक्ष्मिपुर भलिबल समुह C लाई २–० को सोझो सेटमा पराजित गर्दै गैडी भलिवल समुह फाईनलमा प्रवेश गरेको थियो।
सेमिफाईनलमा बिजयी बनेका जनबस्ति भलिवल समुह र गैडी भलिवल समुह बिच शनिवार दिउसो ३ बजे फाईनल खेल हुने आयोजक समुह सदश्य प्रकाश काफ्लेले जानकारी दिनुभयो ।