
भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिका भित्र देखिएको विभिन्न समस्या समाधानका लागी देवचुली जेसिजले नगरपालिकामा ध्यानाकर्षण गराएको छ । नगर भित्र देखिएका कृषि, खानेपानी, बालमैत्री अभियान, युवा र दुब्र्यसनी, जेष्ठ नागरीक, डेङ्गु लगाएतका शिर्षकमा समस्या देखाउदै समाधानको उपाए सहित देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद भुसाल मार्फत नगर प्रमुख र उप प्रमुखलाई ध्यानाकर्षण गराएको हो । यस क्षेत्रमा पानिको मुहान सुक्नुको मुख्य कारण चौधरी उद्योग ग्राम भित्र रहेको ३५ ओटा बोरीङ् रहेको उल्लेख गर्दै पानिको सतह वृद्धि गर्न गाउघरमा पोखरीको निमार्ण गर्नुपर्ने खोलामा ड्याम बनाई हिँउदको समयमा सिँचाई गर्नुपर्ने लगाएका सुझाब जेसिजले प्रस्तुत गरेकाको छ ।

बालुवा डाँडा र धौवादिमा बाटो निमार्ण कार्य भैरहदा यस क्षेत्रका खानेपानि धाराहरुमा पिउन योग्य पानि नआएकाले बाटो निमार्ण समिती र कावासोती नगरपालिकासँग समन्वय गरी समस्या समाधान गर्न पहल गर्नुपर्ने सुझाव दिएको छ ।
त्यस्तै नेपालकै दोस्रो र गण्डकि प्रदेशको पहिलो बालमैत्री नगरपालिकामा होटल, रेष्टुरेन्ट, टायर पसल, हजाम, ग्यारेज, घर बनाउने लगाएतका काममा बालबालिका कार्यरत रहेको साथै बालविवाहको अवस्था पनि समाधान हुन नसकेको अवस्थामा नगरले गोप्य सुचना केन्द्रको स्थापना गर्नुपर्ने, विवाह कार्डमा उमेर उल्लेख गर्नुपर्ने अथवा बालविवाह होईन भनि अनुभुति दिलाउने र बालमैत्री घोषण गर्नुपूर्व पार गरीएका सुचकहरुको अवस्थाको अनुगमन नियमन गर्ने ब्यवस्था गर्न नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
त्यस्तै विद्यालय, मठ मन्दिर, सरकारी कार्यालय वरीपरी नगरपालिकाले निति निमार्ण गरी सुर्तिजन्य पदार्थको खुल्ला बिकृमा रोक लगाउनुपर्ने माग गरेको छ । जेसिजले नगरपालिका भित्र रहेका उद्योगहरुमा योग्यताका आधारमा ८० प्रतिशत हरेक पदमा नगरभित्रका युवाहरुलाई नै रोजगारीको ब्यवस्था गर्न माग गरेको छ ।
त्यस्तै देवचुली नगरपालिकाले आफ्ना आमा बुवाको नाममा कमाईको १० प्रतिशत रकम जम्मा गर्ने निति ल्याएता पनि नगरभित्र चल्ने सवारी साधनमा भने जेष्ठ नागरीकलाई छुट दिने ब्यवस्था नभएको भन्दै सावरी छुट गर्नुपर्ने लगाएतका माग देवचुली जेसिजले अघि सारेको छ ।
पछिल्लो समय देशमा विकराल रुप लिएको डेङ्गुको नियन्त्रण तथा स्थानियको स्वास्थ्य उपचारको लागी किट परिक्षणमा नगरपालिकाले पहल गर्नुपर्ने, धर्म परिवर्तनका नाममा देखिएको विकराल अवस्थाको अन्त्य गर्न पनि दवचुली जेसिज वर्ष २०१९ का अध्यक्ष बसन्त पोख्रेलले नगरपालिकासँग आग्रह गरेका छन् ।
ध्याकर्षण पत्र बुझ्दै देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद भुसालले समाज सुधार तथा बातावरण संरक्षण सम्बन्धी देवचुली जेसिजले उठाएको विषयमा नगरकार्यपालिकामा प्रस्तुत गर्ने र समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
देवचुली जेसिजले समाजमा देखिएका विभिन्न समस्या समाधानमा सकृयता देखाउदै आएको छ ।