
भिम भुसाल, देवचुली ।
तिब्र गतिमा फैलिरहेको डेङ्गुको संक्रमण बढेपछि विद्यार्थिहरुले यसको नियन्त्रणका लागि पहल थालेका छन । देवचुली नगरपालिका १३ मा रहेको मुन लाईट आर्दश पब्लिक एकेडेमिका विद्यार्थिहरुले दलदले क्षेत्रमा ब्यानर,पम्पप्लेट, प्लेकार्ड सहित सचेतना मुलक र्यालीको आयोजना गरेका हुन ।
विद्यार्थिहरुले लामखुट्टेको टोकाईबाट बच्नका लागि खाल्डाखुल्डी पुर्न, पानि जम्न नदिन, लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न, स्थानियहरुलाई आगह गरेका थिए । विद्यालय बाट शुरु गरीएको सचेतना र्याली कुल एन ऐलेन पेट्रोल पम्पमा पुगी कोण सभामा परिणत भएको थियो ।
विद्यार्थिहरु सचेत भएपछी गाऊ घर सचेत रहन सक्ने भएकाले विद्यार्थिहरुबाट नै सचेतनामुलक र्यालीको आयोजना गरीएको विद्यालय सहायक प्रध्यानाध्यापक ऋर्षि धितालले पावर संदेशलाई जानकारी दिनुभयो । एक सय ५० विद्यार्थि सहभागी रहेको र्यालीमा डेङ्गुबाट बच्न सक्ने उपाए सहितका प्ले कार्ड, पम्पप्लेट तथा ब्यानर विद्यार्थिहरुले बोकेका थिए ।
