
असोज ६, कावासोती ।
नेपाली काग्रेस नवलपुरले भव्य कार्यक्रमको आयोजना गरि दोस्रो चरणको जागर अभियान समापन गर्ने भएको छ । सोमवार नवलपुरको कावासोतीमा पत्रकार सम्मेलन गर्दे भदौँ २४ गते बाट सुरु गरिएको अयियानको असोज ७ गते मंगलवार कावासोती फलफुल चोकमा बृहत कार्यक्रम गर्ने जनाएको छ , पत्रकार सम्मेलनमा कार्यक्रमको बारे जानकारी दिदै नोपली काग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले केन्द्रबाट परिपत्र भए बमोजिमको कार्यक्रम आयोजना गर्ने बताए ।

उनले कावासोतीको फलफुल चोकमा काग्रेसका केद्रिय नेताहरुको उपस्थितमा जागरण अभियानको समापन गर्ने बताए । यस्तै कार्यक्रमको जानकारी गराउदै सचिव घिमिरेले जगारण अभियान समापन संगै सरकारले गरेका बेतिथि र सरकारले हाल सम्म गरेका काम समिक्षा गरि जनतालाई सुसुचित समेत गर्ने र विरोधका कार्यक्रमहरु पनि आयोजना गर्ने बताए ।
यस्तै पत्रकार सम्मेलमा क्षेत्र नम्बर १ खका केन्द्रिय प्रतिनिधि रघुनाथ पौडेलले काग्रेस भित्र गुटउपगुटका कारण भोगि रहेको परिणाम सुधार गर्न, पार्टि भित्र देखिएका कमिकमजोरीहरु सच्याउन र अन्तरघातको विषयमा देखिएको कमजोरीलाई पनि सच्याउन जागरण अभियान संञ्चालन गरेको र यसको समापन पनि भव्यताका साथ गरिने बताए ।
जागर अभियानको समापन कार्यक्रममा पश्चिम त्रिवेणी देखि पुर्वमा गैडाकोट सम्मका कार्यकता तथा पार्टि शुवेच्छुक गरि करिव ५ सय भन्दा बढिको सहभागिता गराउने गरि गृहकार्य गरि रहेको बताए ।
पत्रकार सम्मेलनमा नेपाली काग्रेसका क्षेत्रीय अध्यक्ष द्रोडवन सन्यासी,महासमिति सदस्य कपिल देव भुषाल , महासमिति सदस्य गजेद्र आले लगायतको उपस्थीत रहेको थियो । पत्रकार सम्मेलन कार्यक्रमको संचालन गोपाल वास्ताकोटीले गरेका थिए ।