
७ असोज ,कावासोती ।
पुर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार एक आपसमा ठोक्किदाँ पाचँ जनाको मृत्यु भएको छ ।
गएराति १०:१५ बजे खरकट्टा जंगल स्थित पुर्व—पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नं.को ट्रक र विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नं.को कार एक आपसमा ठक्कर जाँदा कारमा सवार पाचैँ जनाको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा बिहान १:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।
मृत्यु हुनेमा सबै पुरुष रहेका छन् । प्रहरीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको मृत्यु भएको छ। त्यस्तै देवचुली १० का दिपेश राना र हिरा रानाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
