
नेपाल र चीनबीच बहुपक्षीय क्षेत्रका करिब डेढ दर्जन सम्झौतारसहमतिहरूमा हस्ताक्षर भएका छन्। चिनियाँ राष्ट्रपति सी जिन्पिङको दुईदिने राजकीय नेपाल भ्रमणका क्रममा आइतवार ती सम्झौताहरू भएका हुन्।
चिनियाँ राष्ट्रपति सी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिका माझ ती सहमतिरसम्झौता आदानप्रदान भएका हुन्। नेपाल र चीनबीच यातायात सञ्जालसम्बन्धी भौतिक पूर्वाधार, जलविद्युत, शिक्षा स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा ती सहमतिरसम्झौता भएका हुन्।

सी जिन्पिङले नेपाल आएर दिएका पाँच सन्देश
चीनले नेपाललाई भूपरिवेष्टितबाट भू-जडित देशु बन्न सहयोग गर्ने
हस्ताक्षर
सम्झौताहरू गर्न नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र चीनका तर्फबाट राष्ट्रपति सीले नेतृत्व गरेका थिए।
द्विपक्षीय सम्झौतापूर्व सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो।
उक्त भेटमा द्विपक्षीय हितबारे छलफल भएको अधिकारीहरूले बताएका छन्।
यी सहमति र सम्झौताहरू आदानप्रदान भएलगत्तै प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच १५ मिनेटको सङ्क्षिप्त भेटवार्ता हुने बताइएको छ।
त्यसपछि चिनियाँ राष्ट्रपति सी आफ्नो दुई दिने नेपालको राजकीय भ्रमण टुङ्ग्याएर स्वदेश फर्कने कार्यक्रम रहेको छ।