मिनाक्षी कंडेल
दलदले ।
केहि महिना अघि देखि जिर्ण बनेको दलदले मुण्डे सडक खण्ड मर्मत सुरु गरिएको छ । नवलपुरकै व्यस्त बजारको रुपमा लिएको देवचुली नगरपालिका १३ दलदले मुण्डे सडक खण्ड निर्माण गरेको केहि वर्ष मै जिर्ण बन्दा स्थानियलाई हैरानी भएको थियो । स्थानियकै तिब्र दबाब आए पछि उक्त सडक खण्ड निर्माण गर्न लागिएको हो ।
मुण्डे मात्र नभई नगरपालिकाको मुख्य कार्यलय जाने बाटो समेत सोहि सडक रहेको हुदा स्थानियले बढि चासो दिएका कारण पनि सडक मर्मतको काम थालिएको स्थानियले बताए । अहिले सडकको मुख्य प्रवेश गेट देखि भाग्यपुरी पुल सम्मको खाल्डाखुल्डी पुरिएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाले जानकारी दिए । उनका अनुसार उक्त बाटो मर्मतका लागि नगरपालिकाले छुट्याएको रकमले जिर्ण सडक मर्मत सुरु गरेको बताए । दलदले हुदै उक्त सडकबाट बुलिङटार,धोवादी,पोखरी लगायतका स्थानबाट मानिसहरु आवत जावत गर्ने गर्दछन ।