• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

गरिमा धान रोप्ने किसानको बिचल्ली, बाला नलागेपछि हरियै धान काट्दै

पावर संदेश
   १ कार्तिक २०७६, शुक्रबार ११:३८  मा प्रकाशित
  • 335 पटक पढिएको







  • चितवन, १ कत्तिक ।

    धानमा बाला नलागेपछि चितवनका किसानले हरियो बोट काट्न थालेका छन् । धानमा बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि उनीहरुले हरियो बोट नै काट्न थालेका हुन् । जिल्लामा अन्य जातका धान लगाउने किसान भने पाकेको धान काट्नमा व्यस्त छन् । लामो समय प्रतिक्षा गर्दा पनि धानमा बाला नलागेपछि बाध्य भएर हरियो बोट काट्नुपरेको पूर्वी चितवन खैरहनी–११ पिद्रहनीका कृष्ण लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै कुर्‍यौँ , तर बाला लाग्ने छाँटकाँट देखिएन, हरियो बोट नै काट्यौँ ।” यसले अन्य बालीलाई समेत नोक्सान गर्ने भएकाले हरियो बोट काट्नुपरेको उहाँको भनाइ छ ।

    भारतबाट आयातित वर्णशङ्कर गरिमा जातको धानको बीउ लगाउने किसानको अहिले बिचल्ली भएको छ । धानमा बाला नलागेपछि एक महीनाअघि विज्ञहरुको टोलीले धानको निरीक्षण गरेको थियो । उनीहरुले धानमा बाला लाग्ने बताए पनि अझैसम्म बाला नलागेपछि सबैजसो किसानले हरियो बोट काटेर तरकारी लगाउने तयारी गरेका छन् ।

    कृषि ज्ञान केन्द्र चितवनले गरिमा जातको धानको बारेमा विज्ञसहितको टोलीले निरीक्षण गरे पनि यसको कारणबारे जानकारी गराएको छैन । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।

    उहाँले किसानलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको जानकारी दिनुभयो । व्यवसायीले धानको बीउ बिक्री गरेको तथ्याङ्कलाई आधार मानेर हेर्दा चितवनमा करीब ९५० बिघामा गरिमा जातको धान लगाइएको हुनसक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑