नवलपुर
पूर्वी नवलपरासीको देवचुली नगरपालिका प्रगतिनगर बजारमा शनिबार राति गोली चलेको छ । प्रगतिनगरको एक होटल अगाडि स्थानीय युवाहरुबीच भएको झगडाले उग्ररुप लिएपछि गोली चलेको हो ।
झगडा भएका अर्को पक्षलाई लक्षित गरी गोली प्रहार गरे पनि कसैलाई नलागेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए। प्रहार गरिएको गोली मोटरसाइकलको टंकीमा लागेको र घटनास्थलबाट गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान गर्न दुई जनालाई नियन्त्रणमा लिइएको र अन्य फरार रहेकाले खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।