पर्वत ।
कुश्मा नगरपालिका वडा नम्बर १० पिपलटारीमा निःशुल्क बृहत स्वास्थ शिविर सम्पन भएको छ । शिविर कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीको प्रमुख आतिथ्यतामा संम्पन्न भएको हो। उक्त शिविरलाई लायन्स क्लब अफ पोखरा पिस चौतारीले आयोजना गरेको थियो ।
पुर्णेश्वर माविको स्वर्ण महोत्सबको अवसरमा यस विद्यालयको स्वर्ण महोत्सब मुल आयोजक समिति र पुर्णेश्वर भुतपूर्ब विद्यार्थी समाजले स्थानीय आयोजकको रुपमा स्वस्थ शिविरको ब्यबस्थापन गरेका थिए । फिस्टेल हस्पिटल पोखराका विशेषज्ञ डाक्टरहरु तथा एडिट क्राउन युनिभर्सिटी, अस्ट्रेलियाका नर्सहरुले बिरामीहरुलाई जाच्नुका साथै औषधि वितरण गरेका थिए । स्त्री तथा प्रसुती, हाड जोर्नी तथा नसा, बालरोग र सामान्य चिकित्सा सम्बन्धी क्षेत्रमा विशेषज्ञहरुद्वारा त्यस क्षेत्रका चार सय ८८ जनाको स्वास्थ्य जाँच गरिएको थियो ।
इसिजी, भिडियो एक्सरेसहितको निशुल्क स्वस्थ्य जाँच र औषधि वितरणको काम सम्पन्न भएपछि आयोजित स्वस्थ्य शिविर समापनमा नगर प्रमुखले विद्यालय क्षेत्रका अभिभावक र विद्यार्थीलाई आवश्यक पर्ने सेवा निशुल्क रुपमा उपलब्ध गराएकोमा लायन्स क्लब पिस चौतारी, लायन्स क्लब अन्नपुर्ण, पुर्णेश्वर भुतपूर्व विद्यार्थी समाज, फिस्टेल हस्पिटल लगायत सबै सहयोगी हातहरुलाई धन्यबाद दिनुको साथै विद्यालयले संचालन गर्न लागेको प्राबिधिक शिक्षालाई आवश्यक सहयोग गर्ने प्रतिबदता ब्यक्त गर्नु भयो ।
लायन्स क्लब पिस चौतारीका अध्यक्ष मगन श्रेष्ठको सभापतित्वमा संचालित उक्त समारोहमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश शर्मा पौडेल र वडाअध्यक्ष सुजन बिकले विद्यालयमा गरेका कार्यहरुप्रति सहयोगी सबैलाई धन्यबाद दिनुको साथै प्राबिधिक शिक्षा संचालनमा पनि खुलेर सहयोग गर्न अनुरोध गर्नुभयो ।
लायन्स क्लब पिस चौतारीका सचिब राम कुमार लामिछानेले कार्यक्रमको संचालन गर्नु भएको थियो, भने पुर्णेश्वर माविको भुतपुर्ब विद्यार्थी समाजका अध्यक्ष रामचन्द्र पौडेलले रात दिन खट्ने शिक्षक लगायत सबै सहयोगीहरुलाई धन्यबाद दिनुका साथै आफनो जन्म भूमिका आमा बाबा दाजु भाईहरुको यस्ता कामबाट सेवा गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका १०० जना छात्राहरुलाई सेनिटरी प्याड, १० जना बिपन्न बालबालिकालाई जनही पाँच हजार छात्रवृति,विद्यालयलाई खेलकुद सामाग्री, शैक्षिक सामाग्री, प्राथमिक उपचार सामाग्री, पुस्तकहरु, पानी छान्ने र तातो चिसो पानी पिउने फिल्टर लगायतको करिब २ लाख बराबरको सामाग्री वितरण समेत गरिएको थियो ।