भिम भुसाल,
कात्तिक–७, देवचुली ।
देवचुली नगरपालीकाको दलदलेमा एकै रातमा २ पसल चोरी भएका छन् । बिहीवार विहान साढे ३ बजेको समयमा दलदलेको शिवशक्ति मार्वल एण्ड हार्डव्र्यर पसल र फ्रेन्ज शु–सेन्टर (जुत्ता पसल) मा चोरी भएको हो ।
चोरीमा २५ देखि ३५ बर्ष उमेर समुहका ३ ब्यक्ति संलग्न रहेको सि सि क्यामेरा फुटेजमा देखिएको छ । शिवशक्ति मार्वल एण्ड हार्डव्र्यर पसलबाट नगद २ हजार रुपैया चोरी भएको बताईएको छ भने सि सि क्यामेरा फुटाईएको छ र सटरमा क्षति पुगेको छ । त्यस्तै फ्रेन्ज शु–सेन्टरबाट १५ सय रुपैया नगद चोरी भएको छ भने सटरमा क्षति पुगेको छ । प्रहरीले चार्डपर्वको समयमा चोरीका घटना हुन नदिन संवेलनशिलता अपनाएको बताए पनि यस्ता घटनाले स्थानिय तथा ब्यापारीहरु चिन्तित भएका छन् ।
चाडपर्व नजिकिदै गर्दा चोरीका घटना बढ्न थालेपछि स्थानियले सुरक्षाको माग गरेका छन् ।