
नवलपुर ।
नेपाल नेत्रज्योति सङ्घ नवलपुर जिल्ला शाखाको दोस्रो जिल्ला सभा आज (शनिवार) कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ। नेपाल नेत्रज्योति सङ्घ नवलपुर जिल्ला शाखाका सभापति डा. विष्णु प्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीकारुपमा कावासोती नगरपालिकाका नगरप्रमुख चन्द्रा कुमारी पुन रहनुभएको थियो।

संस्थाको वार्षिक प्रगति प्रतिवेदनका साथमा आर्थिक वर्ष २०७६-०७७ को वार्षिक कार्ययोजना जिल्ला समितिका सचिव होमनाथ जैसीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन जिल्ला समितिका कोषाध्यक्ष उदयराज सिग्देलले प्रस्तुत गर्नुभएको सो कार्यक्रममा कार्यक्रममा स्वागत मन्तव्य जिल्ला समितिका उपसभापति पद्मा जि। सी। ले राख्नुभएको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाका सभापति वेद प्रसाद न्यौपाने , नेपाल नेत्रज्योति सङ्घ नवलपुरका सल्लाहकार एवं मध्यविन्दु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुक्तिराम पाण्डे, सेवा फाउन्डेसन नेपालका निर्देशक राम प्रसाद कंडेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो। शुभकामना एवं उद्घाटन मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी कावासोती नगरपालिकाका नगरप्रमुख चन्द्रा कुमारी पुनले नेपाल नेत्रज्योति संङ्घले कावासोतीमा बनाउन लागेको आँखा अस्पतालको डि।पि।आर सहित अस्पताल भवन निर्माण गर्न कावासोती नगरपालिकाले सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो।
जिल्ला सभाबाट प्राथमिक आँखा उपचार केन्द्र खोल्ने, आँखा अस्पताल भवन निर्माण कार्य अघि बढाउने, जिल्लाको विभिन्न स्थानमा आँखा शिविर संचालन गर्ने , आँखा स्वास्थ्य सम्बन्धि जनचेतना कार्यक्रम संचालन गर्ने, स्थानीय, प्रदेश र केन्द्रिय सरकार र अन्य स्वास्थ्य लगाएत निकायहरुसँग समन्वय गर्ने लगाएतका कार्ययोजना पास भएको छन्।
यसै अवसरमा कावासोती-१७ निवासी वर्ष ७० का युक्त प्रसाद गौँडेलले मरणपरान्त यसै संस्थाबाट आफ्नो आँखा दान गर्ने लिखित प्रतिवद्दता व्यक्त गर्नुभएको थियो। मानिसको शरीरको महत्त्वपूर्ण अंगहरुमध्ये आँखाको उपचार गराउने र नागरिकहरुलाई सबै प्रकारका नेत्ररोगहरुबाट बचाउ गर्ने उद्देश्यले प्रेरित भई मुनाफा रहित विशुद्ध सामाजिक संस्थाको रुपमा नेपाल नेत्रज्योति संघले विभिन्न कार्यक्रम गर्दै आइरहेको र सबैको साथ पाएकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष नेपाल नेत्रज्योति सङ्घ नवलपुर जिल्ला शाखाका सभापति डा. विष्णु प्रसाद लम्सालले कार्यक्रमको समापन गर्नुभएको थियो।