
काठमाडौं ।
यमपञ्चकको अन्तिम दिन आज स्वेदश तथा विदेशमा रहेका हिन्दुहरुले परम्परा अनुसार दिदीबहिनीबाट दाजुभाईको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाईटिका लगाईदैंछ ।

११ बजेर ५५ मिनेटमा रहेको उत्तम साइतमा नै सबैले भाइटीका लगाइदैछ । साइतको समय भनिए पनि भाइटीका दिनैभर लगाउन कुनै फरक नपर्ने पनि समितिले प्रष्ट गरेको छ । त्यसैले आज दिनभर भाइटीका लगाउन सकिने पञ्चाङ्ग निर्णायक समितिको भनाई छ ।
दिदिबहिनीले आफ्ना दाजुभाईलाई टिका लगाईदिदा धार्मिक विधि अनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरि कहिल्यै नसुक्ने तेलको घेरा हाली नओईलाउने मखमली, सयपत्री र दुवोको माला लगाई दिएर चिरायुको कामना गर्ने गर्दछन् ।
आजको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य र दीर्घायुको कामना गर्छन । तिथि घटबढका कारण केही नेवार समूदायले भने भोलि भाइटीका लगाउँदैछन् ।