चितवन ।
दशैँ र तिहारको अवधिमा चितवनमा ८६ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीको चाडपर्व लक्षित योजना अन्तर्गत गत असोज २० गतेदेखि कात्तिक १० गते सम्मको अपरेसनबाट पक्राउ परेका हुन् । उनीहरुबाट ११ लाख ९९ हजार १६५ रुपैयांँ बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र जिल्लाका मातहतका इलाका प्रहरी कार्यालयहरुले विभिन्न समय र स्थानबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
पक्राउ गरिएका मध्ये भरतपुर महानगगरपालिकाबाट ५४ जना, खैरहनी नगरपालिकाबाट २० जना, कालिकाबाट १२ जना रहेका छन । पक्राउ परेका मध्ये ५४ जना जुवाडेको म्याद थपेर थप अनुसन्धान गर्न लागिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।