खगेन्द्र पराजुली
१६ कार्तिक, नवलपुर ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० देबचुली नगर कमिटिले नगर पार्टी कार्यालय उद्घाटन, चाडपर्वको शुभकामना आदानप्रदान तथा नगर सचिवालय घोषणा कार्यक्रम गरेको छ ।
आज (शनिवार )देबचुली १ दिब्यपुरीको हस्पिटल चोकदेखि पश्चिमतर्फको पेट्रोलपम्पको आडमा पार्टी कार्यालय उद्घाटन गरेको हो ।
नेकपा केन्द्रिय कमिटि सदस्य नवलपुर ईन्चार्ज एवं संघीय साँसद तिलक महतको प्रमुख आतिथ्यता एवं नगर कमिटिका अध्यक्ष प्रेमा खनालको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन नगर कमिटि सचिव डिलाराम पाण्डेले गर्नुभएको थियो । उद्घाटन तथा घोेषणा कार्यक्रममा ५ सदस्यीय नगर कार्यालय तथा २७ सदस्यीय नगर सचिवालय गठन एवं घोषणा भएको छ ।
नगर कार्यालयमा प्रेमा खनाल, डिलाराम पाण्डे, ज्योतीलाल शर्मा, भूपाल अधिकारी र नारायणप्रसाद पौडेललाई चयन गरिएको छ भने सचिवालयमा नगर कार्यालयका पाँच जना पदेन रहने गरी २७ सदस्यीय सचिवालय गठन भएको घोषणा गरिएको हो । आयोजित कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी आजै नेकपामा प्रबेश गर्नुभएका देबचुली १ का हरिबहादुर खड्कालाई केन्द्रिय कमिटि सदस्य महतले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नगर कमिटिका पुर्ब अध्यक्ष कृष्णबहादुर केसी र पुर्ब संयोजक ईन्द्रमणी भुसाल तथा एक बर्षसम्मको कार्यालयको भाडा सहयोग गर्नुहुने अनिल आचार्यलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा स्थानीय पार्टी कार्यकर्ता सहित नेकपा जिल्ला कमिटि अध्यक्ष एवं प्रदेश साँसद रोशन गाहा, प्रदेश कमिटि सदस्य बालकृष्ण रानाभाट, धनप्रसाद सापकोटा, हरि न्यौपाने, संबिधानसभा सदस्यद्वय कृष्ण पौडेल र जीवन श्रेष्ठ, जिल्ला सचिव मित्रशरण शर्मा बिहानी लगायतको सहभागिता रहेको थियो ।