
भिम भुसाल,
२० कात्तिक, देवचुली ।
प्रगतीनगर खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाले कात्तिक महिना भित्र सम्पन्न गर्ने गरी विविध १० काम अधि सारेको छ । संस्थाको २२ औं बार्षिक साधारण सभामा पारीत भएको भावी योजनाको कामहरु मध्ये १० काम कात्तिक महिना भित्र सम्पन्न गर्ने गरी अधि बढेको संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताउनुभयो ।

संस्थाको कार्यसमिति बैठकबाट निर्णय भएका कामहरुलाई सम्पन्न गर्ने गरी काम भैरहेको भुसालले पावर संदेशलाई जानकारी दिनुभयो । जसमध्ये केहि काम सम्पन्न भैसकेको छ भने केहि काम सञ्चालनमा रहेको छ ।
अध्यक्ष भुसालका अनुशार पृथ्वीनगरमा पाईपलाईन विस्तार, सिताबासमा ठूलो पाईप लैजाने , धौलागिरी लाईनमा पाईप लाईनको काम पुरा, खनेको ठाउँमा ड्रन पक्की गर्ने, पक्की फूटाईएको ठाउँमा ढलान गर्ने, भुतपूर्व समितिहरुको नामावली मिलाएर राख्ने, सालधारी क्षेत्रमा विस्तार योजना बनाउने लक्ष्य संस्थाले लिएको छ ।
त्यस्तै खोलाबाट सिताबास ट्याङ्की पाईपलाईन विस्तार शुरु गर्ने, प्रि सेडिमेष्टेशन आउटलेट बनाउने, टहरामा गारो लगाउने, सिताबासमा खानेपानि पाईपलाईन क्षेत्रमा आवश्यक पर्ने माटो ब्यवस्थापन गर्ने, जडान सामाग्री ब्यवस्थापन, कार्यलय क्षेत्रमा २० ओटा गमलामा फूल थप गर्ने, ल्याव कर्मचारी बिज्ञापन गर्ने, जुठेल्नो सुधारको प्लान (नक्शा) डिजाईन गर्ने, खोलामा ग्रिल रङ्ग र गेट बनाउने, सुचनामुलक सन्देश लेख्ने लगाएतका विभिन्न कार्य सम्पन्न गर्ने गरी कार्य अधि बढेको छ ।
त्यस्तै पौष महिनाको एक गते देखि उपभोत्ताको बिमा कार्य अधि बढाउने गरी प्रकृयागत कार्य अधि बढेको संस्थाका अध्यक्ष भुसालले बताउनुभयो ।
उपभोत्ताहरुको सहजताका लागी संस्थाले अधि बढाएको विभिन्न कार्यहरुमा आम उपभोत्ताको सहयोग प्राप्त भएकोमा भुसालले सम्पूर्ण स्थानिय उपभोत्तालाई समाचार कै माध्यम बाट धन्यवाद दिनुभएको छ ।