
त्रिभुवन विश्वविद्यालय , कृषि र पशु विज्ञान अध्ययन संस्थान , पक्लिहवा क्याम्पस आठौं सत्रान्तमा अध्ययनरत गगन भट्टराईले आफ्नो जन्म दिनको उपलक्ष्यमा गृह जिल्ला नवलपुर , देवचुली नगरपालिका -५ सकलादेवी माध्यमिक विद्यालयको बाल क्लबलाई आफ्नी ममतामहि आमा स्वर्गीय नन्दी देवि भट्टराईको सम्झनामा सहयोग गरेका छन् । उनि तत्कालीन प्रगतिनगर बाल क्लब संञ्जालका सदस्य एवं जागृती बाल क्लब नेपालका कार्यसमिति सदस्य समेत रहेका थिए ।
जन्म दिनको अवसरमा अनावश्यक खर्च गर्नु भन्दा जेहेन्दार , मिहिनेती एवं विपन्न विद्यार्थीलाइ सहयोग गरेर प्रोत्साहन गर्नु महत्त्वपूर्ण रहेको बताउदै आफुले ३००० रकम बराबरको सहयोग बाल क्लबका अध्यक्षलाई हस्तान्तरण गरेको बताउदै अरुलाई समेत यस्तो कार्य गर्न अनुरोध गर्नु भएको छ ।
सो कार्यक्रम विद्यालयको प्राङ्गणमा सोही विद्यालयका प्र.अ., सह-प्र.अ., बाल क्लबका अध्यक्ष लगायत सम्पुर्ण विद्यार्थीको उपस्थितिमा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सहजीकरण जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माज्युले गर्नु भएको थियो ।
