दयाराम आचार्य
कावासोती ।
नारायणी नदिमा हाम फालेर एक जना युवा वेपत्ता भएका छन् । नवलपरासी पूर्व नवलपुरको गैंडाकोट नगरपालिका –२, स्थित नारायणी पुलबाट हाम फालेर एकजना युवा वेपत्ता भएका हुन । आज पुलबाट हाम फालेर अन्दाजी २२ वर्षका युवा नारायणी नदिमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो ।
नारायणी नदिमा हाम फाल्ने पुरुषको नाम ठेगाना खुल्न नसकेको उहाँले बताउनुभएको छ । नारायणी नदिमा हामफालेका युवाको खोजीकार्य भईरहेको समेत उहाँले बताउनुभयो । पछिल्लो केही महिना यता नारायणी नदिको पुलबाट नदिमा हाम फाल्ने घटना बढेको छ । नारायणी पुलबाट नदिमा हामफाल्ने घटना बढनथालेपछी यसलाई सूरक्षित बनाउनुपर्ने आवाज उठन थालेको छ । पुलको दुवै तर्फ जाली लगाएर यसलाई सूरक्षित बनाउनुपर्ने आवाज उठन थालेको प्रहरी नायव उपरीक्षक रानाभाटले बताउनुभयो ।
नारायणी नदिको पुलबाट हाम फालेर आत्महत्या गर्ने क्रम बढदै जादा यसले सूरक्षामा समेत चुनौती थपेको उहाँले बताउनुभयो ।