• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीको राधाकृष्ण मन्दिर जग्गा प्रकरणले पाउन सकेन निचोड

पावर संदेश
   २५ कार्तिक २०७६, सोमबार २०:५७  मा प्रकाशित
  • 576 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।

    देवचुली नगरपालिकाले राधा कृष्ण मन्दिर जग्गा प्रकरणको बिषयमा डाँकेको सर्वदलिए बैठक बिना निष्कर्ष टुङ्गिएको छ । सोमबार देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सर्वदलिए बैठकमा जग्गा प्रकरणको बिषयले निचोड नपाउदा बिना निष्कर्ष टुङ्गिएको हो ।
    विगत २५ वर्षदेखि देवचुली नगरपालिका–७ मा रहेको राधाकृष्ण मन्दिरको जग्गामा बसोबास गर्दै आएकी चुरीकलाको परिवार, र राधाकृष्ण मन्दिर संरक्षण समिति बिचकोे छलफलले निचोड नपाउदा जग्गा बिवाद मै अल्झिरहेको छ ।
    राधाकृष्ण मन्दिरको नाममा रहेको ४ कठ्ठा क्षेत्रमा बसोबास गर्दै आउनुभएकी चुरीकला शर्माको परिवारलाई नगरपालिकाले सार्वजनिक जग्गाबाट निष्किन पत्र पनि काटिसकेको छ ।

    देवचुली नगरपालिकाको न्यायिक समितिमा सामाजिक न्याय पाउँ भनि चुरीकलाले दिनुभएको निवेदन माथि देवचुली नगरपालिकाले गत वर्ष नै निर्णय गरीसकेको छ ।
    वि.सं. २०५५ सालमा तत्कालिन देवचुली गा.वि.स. अध्यक्ष स्वर्गिय हेम बहादुर गुरुङ्गले मोहिनी हक बापत ४ कठ्ठा उपभोगका लागी सिफारीस दिनुभएको थियो । सोहि आधारमा चुरीकलाको परीवारले जग्गा आफ्नो नाममा नामसारी गर्न नपाए पनि उपभोग गर्न पाउने ताकेता गरेका छन् ।
    तर कानुनी रुपमा मन्दिरको नाममा रहेको जग्गामा चुरीकलाको परीवारले बसोबास गर्दै आउदा मन्दिर ब्यवस्थापन समितिले मन्दिरको जग्गाबाट हट्न आग्रह गर्दै आएको छ ।
    मन्दिर संस्थापक संरक्षक स्वर्गिय यसोधा न्यौपानेद्धारा देवचुली १ ग कित्ता नम्बर २१७, २३५ र २३६ को ३ कित्ता राधाकृण्ण मन्दिरको नाममा रहेकाले नगरपालिकाले मन्दिर क्षेत्रबाट हट्न गत बर्ष नै निर्देशन दिएको छ । नगरपालिकाको न्यायिक समितिले चुरीकलाको परिवारलाई मन्दिर ब्यवस्थापन समितिले २ लाख ५० हजार रुपैया रकम उपलब्ध गराउने र १ बर्ष भित्र मन्दिरको जग्गाबाट हट्न भनि गत बर्ष नै निर्देशन दिएको हो ।


    तर चुरीकलाले भने उचित सामाजिक न्याय पाएमा मात्रै हाल बसोवास गर्दै आएको क्षेत्र छोड्न तयार हुने अडान लिनुभएको छ । तर मन्दिर संरक्षण समितिले भने चुरीकलाको परिवारलाई सामाजिक न्याय स्वरुप केहि आर्थिक रकमले सम्बोधन गरीसकेको बताएको छ । चुरीकलाको परिवार मन्दिर संरक्षण समितिले प्रदान गरेको २ लाख ५० हजारले उचित सामाजिक न्याय नभएको बताउदै आएको छ ।
    आजको बैठकले निर्णय लिन नसकेपछि बैठकका अध्यक्ष एंव नगर प्रमुख श्रेष्ठले पुन बैठक बस्ने गरी सर्वदलिए बैठक समापन गर्नुभएको थियो ।
    प्रमुख श्रेष्ठको अध्यक्षतामा बसेको सर्वदलिए बैठकमा देवचुली नगरपालिका उप– प्रमुख एंव न्यायिक समिति संयोजक पार्वता तिवारी, प्रशासकिय अधिकृत अविनाश पन्थि, नगर भित्रका विभिन्न राजनैतिक दलका प्रमुख एंव प्रतिनिधि, मन्दिर संरक्षण समितिका प्रमुख एंव प्रतिनिधि, चुरीकला शर्माको परीवार साथै दुवै पक्षका केहि ब्यक्तिहरुको सहभागिता रहेको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑