मंसिर १०, काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेण्डिसाइटिसको अपरेशन गर्ने तयारी गरिएको छ ।
पेट दुखेपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा लगिएका प्रधानमन्त्रीलाई एपेण्डिसाइटिस भएकाले अपरेशन गर्ने तयारी गरिएको डाक्टर अरुण सायमीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीको मिगौलामा समस्या भएपछि केही समयदेखि नियमित डायलासिस गरिँदै आइएको छ । उहाँको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा पनि स्वास्थ्य परीक्षण र उपचार हुने गरेको छ ।