• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

किम जोङको स्टाइलमा सिके राउतको सुरक्षा

पावर संदेश
   १० मंसिर २०७६, मंगलवार १२:२५  मा प्रकाशित
  • 310 पटक पढिएको







  • शनिबार दिउँसो एउटा प्राइभेट नम्बरको गाडी पुतलीसडकबाट भृकुटीमण्डपतिर सोझियो। कार सामान्य नै थियो तर त्यसको दाँयाबाँया असामान्य तरिकाले मान्छेहरू दौडिरहेका थिए। कालो चस्मा, सुटपाइन्ट लगाएका व्यवसायिक सुरक्षागार्डजस्ता देखिने युवा कारसँग दौडिएर भृकुटीमण्डप पुगे।

    यो दृश्य डेढ वर्षअघि उत्तर र दक्षिण कोरियाको सीमामा देखिएको दृश्यसँग मिल्दोजुल्दो थियो। सन् २०१८ अप्रिलमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनसँगको पहिलो शिखर वार्ताका लागि सीमा क्षेत्रमा पुगेका उत्तर कोरियाली शासक किम जोङ उनको गाडीसँगै सुरक्षा गार्ड दौडिएका थिए।

    किमका गार्डको सुरक्षा दिने उक्त स्टाइल शनिबार काठमाडौंमा जनमत पार्टीका कार्यकर्ताले ‘कपी’ गरेका हुन्। स्लो स्पिडमा गुडिराखेको गाडी भित्र थिए-जनमत पार्टीका अध्यक्ष सिके राउत।

    खुला राजनीतिमा आएपछि पहिलो पटक राउतको जनमत पार्टीले शनिबार रंगभेदविरूद्ध काठमाडौंमा एकता सभा गरेको थियो। सभास्थल आउँदै गरेका राउतलाई पुतलीसडकदेखि दायाँबायाँ उनैका सुरक्षागार्डले सुरक्षा दिएका हुन्। कार्यक्रममा बोलेका राउतले मधेशीहरूमाथि अझै पनि विभेद कायमै रहेको बताएका थिए। ‘काठमाडौंका गल्लीहरूमा धोती लगाउनेहरूमाथि विभेद हुनु हुन्न,’ सभामा उनले भनेका थिए।

    उनले मधेशको साथबिना कुनै पनि राजनीतिक परिवर्तन नभएको बताउँदै मधेशीमाथि विभेद गरिए सह्य नहुने बताए। नेपाल(भारत सीमा बचाउने काम मधेशीले गरेको राउतको भनाइ थिए। प्रहरीले अझै पनि मधेशीमाथि दमन गरिराखेको उनले दाबी गरेका थिए।

    पृथकतावादी आन्दोलन गरिराखेका राउत प्रधानमन्त्री केपी शर्मासँग ११ बुँदे सहमति गर्दै गत फागुन २४ गते मुलधारको राजनीतिमा आएका हुन्। पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गरी स्थानीय तहका लागि हुने उपनिर्वाचनमा उम्मेदवारीसमेत दिइसकेका छन्।

    सरकारसँग सहमतिपछि पनि सुरक्षालाई ध्यान दिँदै राउतलाई नेपाल प्रहरीले सुरक्षा दिएको थियो। उनलाई केही समय असई र एक प्रहरी जवानले सुरक्षा पनि दिएका थिए। लगत्तै राउत मधेश झर्दा उनको सुरक्षामा उनैका दस्ता खटिए। गत फागुन २७ गते राउत जनकपुर विमानस्थल ओर्लदा तत्कालीन स्वतन्त्र मधेश गठवन्धनले स्वागतमा र्‍याली र नाराबाजी गरेका थिए।

    यतिमात्र होइन उनको स्वागतमा उपस्थितहरूले स्वतन्त्र मधेशको झण्डा बोकेका थिए। उनको सुरक्षामा टाउकोमा रातो कपडा बाँधेका, मास्क लगाएका युवा खटिएका थिए।

    सप्तरी महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा केही समय वैज्ञानिकका रूपमा काम गरेका थिए। नेपाल फर्केर उनले स्वतन्त्र मधेश गठवन्धन बनाए। उनलाई अलगै देश बनाउन खोजेको आरोपमा पटकपटक प्रहरीले पक्राउ गरेको थियो।

    खुला राजनीतिमा आइसकेका राउतलाई किन यस्ता सुरक्षागार्ड राखिएको होरु भन्ने प्रश्नमा जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले नेताको सुरक्षा दिनु सामान्य भएको बताए।

    ‘उहाँको सुरक्षाकै लागि भनेर भिन्नै सुरक्षागार्ड राखिएको छैन,’ उनले  भने, ‘उहाँ जहाँ जानुहुन्छ त्यहीँ युवाहरूले सुरक्षा दिन्छन्, शनिबार पनि त्यसैको निरन्तरता हो।’

    उनले सुरक्षागार्ड भनेरै नराखिएको दाबी गरे। ‘जिल्ला(जिल्लामा सुरक्षा दिने युवा छन्,’ उनले भने, ‘एउटै जिल्लामा कम्तीमा दुई सय जनाको हाराहारीमा छन्।’

    खुला राजनीतिमा आएपछि राउतलाई झन् सुरक्षा खतरा बढेको उनले दाबी गरे। ‘हामी खुला राजनीतिमा आएपछि झन् सुरक्षा चुनौती बढेको छ। हामी अरूसँग प्रतिस्पर्धामा छौं,’ उनले भने, ‘यसले झन् नेतामाथि सुरक्षा चुनौती थपिएको छ भन्ने महशुस गरेका छौं।’

    नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले यसरी सुरक्षा दिनेहरूलाई कारबाही गर्न नसकिने बताए। ‘हतियार बोकेका छन् भने कारबाही गरिन्छ। नेताकै अघिपछि हिँडेको भरमा कारबाही गर्न मिल्दैन,’ उनले भने।

    राउत अधिकांश समय मधेशका जिल्लामा बस्छन्। मंसिर १४ गते हुने उपनिर्वाचनमा गाउँपालिका प्रमुखरउपप्रमुख र वडाध्यक्षहरूमा जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ। चुनाव प्रचारका लागि राउत विभिन्न जिल्ला धाइराखेका छन्।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑