
मंसिर ११,काठमाडौं ।
सरकार र निजी मेडिकल सञ्चालकबीच रातारात दुई बुँदे सहमति भएको छ । मंगलबार राति सरकार निजी मेडिकल सञ्चालकबीच सहमति भएको हो ।

सहमतिअनुसार निजी मेडिकल सञ्चालकहरुले अशुलेको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्ने प्रक्रिया बुधबार (आज) देखि नै सुरु गर्ने भएका छन् । त्यस्तै, दुई पक्षीय सहमतिमा २०७२-७३ र ०७३-७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने भनिएको छ ।
मेडिकल कलेजले विद्यार्थीको रकम फिर्ता गर्न नसक्ने अडान दोहोर्याएपछि मंगलबार दिउँसो गृहमन्त्रालयमा बसेको बैठकले बुधबारसम्म शुल्क समायोजा वा फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको थियो ।
सरकारले यस्तो निर्णय गरेपछि निजी मेडिकल सञ्चालकहरु रकम फिर्ता वा समायोजन प्रक्रियामा जान तयार भएका हुन् ।